Shittalpati
शीतभण्डार निर्माण पूरा नहुँदा स्थानीय निरास
शीतभण्डार निर्माण पूरा नहुँदा स्थानीय निरास ,कृषिजन्य उत्पादनलाई दृष्टिगत गर्दै शीतभण्डार निर्माणको प्रक्रियाले स्थानीयवासी औधी खुसी भए । आफ्नै गाउँघरमा उत्पादन हुने तरकारी, फलफूल लगायत विभिन्न कृषिजन्य पदार्थ सुरक्षित भण्डारण गर्न पाउने भएपछि उनीहरुले उत्पादन वृद्धि गर्ने सोच पनि बनाए । गाउँमा तरकारी, फलफूल लगायत बालीनालीको उत्पादन धेरै हँुदा भण्डारण गर्ने सुविधा हुने भएपछि कृषिमा उत्साह...
कृषक आफैले खोले तानसेनमा ‘दूध डेरी’
कृषक आफैले खोले तानसेनमा ‘दूध डेरी’ जिल्लामा कृषकबाट सस्तोमा दूध खरिद गरी विचौलियाले धेरै नाफा कमाए । तर कृषक कहिल्यै उँभो लागेनन् । न त कृषको जीवनस्तर माथि उठ्न सक्यो न त उपभोक्ताले नै राम्रो दूध उपभोग गर्न पाए । लामो समयदेखि विचौलियाहरुको फन्दामा परेका तानसेनका कृषकले भने अहिले आफै दूध डेरी खोलेर उचित मूल्य पाउनुको...
बिउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज
बिउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले बिउ प्रशोधन थालेको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै बिउ समूहद्वारा उत्पादित बिउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादी उपचार गर्ने र प्याकेजिङ गर्न थालिएको हो ।
गाउँमै संकलन केन्द्र भएपछि खुर्सानी कृषक उत्साहित
गाउँमै संकलन केन्द्र भएपछि खुर्सानी कृषक उत्साहित जिल्लाको रिब्दीकोट गाउँपालिकाका खुर्सानी कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित भएका छन् । उत्पादन गरेको अकबरे खर्सानी विक्री नहुँदा बारीमा कुहाउनु परेको अवस्थामा चिन्तित बनेका यहाँका कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आए पछि भने उत्साहित भएका हुन् ।
शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति
शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति भण्डारण गरेको बीउ आलु बिग्रिए पनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ ।
मकैको बीउ विक्रीबाटै मनग्य आम्दानी
मकैको बीउ विक्रीबाटै मनग्य आम्दानी स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बीउ विक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्ष अघिदेखि सो जातको मकैको...
तानसेनमा पशुपालन र सहकारीको अनुगमन
तानसेनमा पशुपालन र सहकारीको अनुगमन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले आ.व.२०७८/०७९ मा सञ्चालन गरेका कार्यक्रमहरुको अनुगमन गरेको छ । केन्द्रले तानसेन नगरपालिकामा सञ्चालन भएका बाख्रा, गाई फर्म र दुग्ध सहकारीहरुको सरोकारवाला निकाय, पत्रकारहरुको उपस्थितीमा अनुगमन गरेको हो ।
कृषि तथा पशु उद्यमशिलताको वार्षिक समीक्षा
कृषि तथा पशु उद्यमशिलताको वार्षिक समीक्षा तानसेनमा सञ्चालित कृषि तथा पशु उद्यमशिलता कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । तानसेन नगरपालिकाको ७५ प्रतिश, हेफर इन्टरनेशनलको २५ प्रतिशत लगानी र ग्रामिण आर्थिक विकास संघ रेडाको सजहजीकरणमा सञ्चालित साझेदारी कार्यक्रमको वार्षिक समीक्षा गरिएको हो ।
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ? प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् ।
मल बिना नै धान रोप्दै किसान
मल बिना नै धान रोप्दै किसान पाल्पाको अन्न भण्डारका रुपमा चिनिने माडीफाँटमा मल बिना धान रोप्दै किसान । यहाँका अधिकांस किसानले मल अभावमा मल प्रयोग नगरी रोपाइँ गर्दै छन् भने केहीले महँगो मूल्यमा भए पनि मल ल्याएर धान रोपाइँ गरिहेका छन् । किसानलाई मनसुनले साथ दिएपनि वर्षेनी रासायनिक मलले भने साथ दिएको छैन ।
कृषकलाई अनुदानमा हाते ट्याक्टर
कृषकलाई अनुदानमा हाते ट्याक्टर रामपुरका कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । हराभरा महिला कृषि सहकारी संस्था रामपुरले रामपुर नगर सरकारको सहयोगमा यहाँका कृषकलाई हाते ट्याक्टर दिएको हो । धान खेति पकेट विकास कार्यक्रममा सहभागी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको सहकारीले जनाएको छ ।
सिँचाइले बाँझो जमिन हराभरा
सिँचाइले बाँझो जमिन हराभरा सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् । बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बीउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उनलाई...
Weather Update