Shittalpati
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण 

पाल्पा,रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।  

कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम अन्तर्गत ५० जना कृषक र कृषि समुहलाई ६६ वटा प्लाष्टिक टनेल र १६ लिटरको ५० वटा प्लाष्टिक स्प्रेयर वितरण गरेको हो । कृषि सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उच्चतम प्रविधिको प्रयोग गरी उत्पादनमा बृद्धि गर्न आग्रह गरेका हुन् । उनले कृषकको आवश्यकता र माग अनुसार रामपुर नगरपालिकाले प्राविधिक र अन्य सामग्री अनुदान स्वरुप सहयोग गर्ने बताए । साथै नगरपालिकाले वितरण गरेको कृषि सामग्रीको सही सदुपयोग गर्न आग्रहसमेत गरे । नगरपालिकाले कृषकहरुलाई ५ हजार रुपैयाँ मूल्य बराबरको प्लाष्टिक टनेल २ हजार ५ सय रुपैयाँमा उपलब्ध गराएको छ भने २ हजार २ सय रुपैयाँको प्लाष्टिक स्प्रेयर १ हजार १ सय रुपैयाँमाउपलब्ध गराएको छ । यस भन्दा अगाडी नगरपालिकाले विभिन्न तरकारी र प्याजको विरुवापनि ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update