Shittalpati
व्यवसायिक च्याउ खेतीतर्फ किसान आकर्षित
व्यवसायिक च्याउ खेतीतर्फ किसान आकर्षित पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।
माथागढीको भैसीकट्टामा बाख्रा वितरण
माथागढीको भैसीकट्टामा बाख्रा वितरण जिल्लाको माथागढी गाउँपालिका ३ भैसीकट्टामा बाख्रा वितरण गरिएको छ । माथागढी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत देउराली स्वावलम्बी महिला समूहलाई बाख्रा वितरण गरिएको हो । यहाँ देउराली स्वावलम्बी महिला मूल समूहका १० जना सदस्यहरुलाई बाख्रा प्रदान गरिएको छ ।
झडेवामा खुर्सानी वितरणसँगै अभिमुखिकरण
झडेवामा खुर्सानी वितरणसँगै अभिमुखिकरण जिल्लाको माथागढी गाँउपालिका–४ झडेवामा खुर्सानी वितरणसँगै अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको एक गाउँ एक उत्पादन खुर्सानी पकेट कार्यक्रम अन्तर्गत खुर्सानी बिउ वितरण तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । झडेवालाई खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार गर्ने गरी गाउँपालिकाले यहाँका विऊ वितरण र विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।
गोलभेँडाबाट आत्मनिर्भर बन्दै लघुवाका महिला
गोलभेँडाबाट आत्मनिर्भर बन्दै लघुवाका महिला परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि भेगका किसानको जीवन शैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवावासी यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि प्रख्यात बनेका छन् ।
पाल्पाका चार स्थानीय तहमा सुन्तला ‘जोन’
पाल्पाका चार स्थानीय तहमा सुन्तला ‘जोन’ जिल्लाका चार स्थानीय तहमा सुन्तला ‘जोन’ सञ्चालन हुने भएको छ । जिल्लाको तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको हो ।
किसानले मूलाको विकल्पमा तोरी लगाउन थाले
किसानले मूलाको विकल्पमा तोरी लगाउन थाले बजार अभावका कारण यहाँका किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षयता मूलाको बीउ उत्पादन रोकेका हुन् । २६ वर्ष अघिदेखि मूलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिशेराको टारमा किसानले मूलाको विकल्पमा तोरी लगाउन थालेका छन् । कतिपय किसानले हिउँदमा...
गाउँ फर्किएर कृषि, पशुपालनमा रमाउँदै रिब्दीकोटका युवा
गाउँ फर्किएर कृषि, पशुपालनमा रमाउँदै रिब्दीकोटका युवा शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् ।
‘सिँचाइ विना कृषि असम्भव’
‘सिँचाइ विना कृषि असम्भव’ लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताएका छन् । रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा १३ औँ परिषद् भेलालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी बढाउन आवश्यकरहेको औल्याए ...
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी स्याङ्जाको गल्याङ नगरपालिकाले एक हजार ७ सय बङ्गुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा कल्लेरी कृषि सहकारी संस्थामार्फत बङ्गुरको पाठापाठी वितरण गरिएको हो ।
लुम्बिनी प्रदेश सरकार खोरेत रोग उन्मूलन अभियानमा
लुम्बिनी प्रदेश सरकार खोरेत रोग उन्मूलन अभियानमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र खोरेत रोग उन्मूलन अभियान सञ्चालन कार्यक्रम शुरु गरेको छ । प्रदेशभित्रका १० वटा जिल्लाहरुलाई केन्द्रित गरेर लुम्बिनी प्रदेश कृषि खाद्यप्रविधि तथा भुूमि व्यवस्था मन्त्रालयले पशुहरुको तथ्याड्ढ संकलनदेखि खोरेत रोग विरुद्धको भ्याक्सिन तथा डाटा संकलन अभियान चलाएको छ ।
कफीमा सिन्दुरे रोग : पाल्पाका किसान चिन्तित
कफीमा सिन्दुरे रोग : पाल्पाका किसान चिन्तित पाल्पामा कफी खेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी संघ पाल्पाका संयोजक कमलराज खनालले यसवर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएकाले यसका बोट सुकेर जान थालेको बताए ।
गाउँ फर्किएर गाईपालनमा युवा
गाउँ फर्किएर गाईपालनमा युवा ‘वनको चरी वनमै रमाउँछ’ भनेझैं स्याङ्जा गल्याङ ९ गेझाका कुसुम भण्डारी राजधानीबाट गाउँमै फर्केर गाईपालन व्यवसाय गर्न थाले । गीत संगीतका क्षेत्रमा संघर्ष गरेर निखारता आउँदै गर्दा काठमाडौँको बसाई छोट्याएर गाउँमै गाईपालन गर्ने र त्योसँगै गीत संगीत अगाडि बढाउने गरी २०७० सालमा गेझा गाउँ फर्किए ।
Weather Update