Shittalpati
आजदेखि बुटवलमा प्राङ्गारिक कृषि मेला

लुम्बिनी, कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान गर्ने उद्देश्यले बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा (आज) बिहीबारदेखि बुटवलमण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुन लागेको छ ।

 कृषि मेला सम्पादन समितिले मेला स्थल बुटवलमण्डपमा पत्रकार सम्मेलन गरेर मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । संघका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले नेपालमा कूल जनसंख्याको ६२ प्रतिशत कृषि क्षेत्रमा आधारित भए पनि कृषि क्षेत्रको योगदान २४ प्रतिशत मात्रै रहेको अवस्थामा त्यसलाई सुधार गरी कृषिका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा हुने योगदानमा बढोत्तरी गर्नको लागि संघले विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको बताए । 

पाँच दिनसम्म सञ्चालन हुने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिइने छ । उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्छी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने छ । प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धति अपनाउन कृषकलाई जागरुक बनाउने, उपभोक्तामा प्राङ्गारिक कृषिउपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने विश्वास गरिएको छ ।

 कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र ‘मेसिनरी’ सम्बन्धी जानकारी गराईने छ । असल कृषि प्रणाली अपनाइ कृषि, पशुपन्छी तथा मत्स्यज न्य वस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पु¥याउने पनि विश्वास गरिएको छ । मेलामा कृषिका अत्याधुनिक प्रविधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवासम्बन्धी जानकारीमूलक ‘स्टल’, प्राङ्गारिक र असल खेती अभ्यास, कृषिजन्य वस्तुको बिक्री वितरण, जीवनाशक विषादि प्रयोग प्रभाव र विकल्प, प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धि, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि वस्तुको बजारीकरण सम्बन्धी छलफल गरिने छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update