Shittalpati
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु

पाल्पा । पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । रामपुर नगरपालिका १० का ८४ वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

उनमा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको र उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । यससँगै पाल्पामा कोरोनाले मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update