पाल्पामा नेपाल वडासंघ गठन
शनिबार, असोज १३, २०८०
तानसेनको टुँडिखेलमा आगलागी नियन्त्रणको पूर्व अभ्यास
शनिबार, असोज १३, २०८०
असोज १३ गते शनिबार विहान तानसेनको टुँडिखेलमा अचानक मानिसहरू भागदौड गर्दै हारगुहार मागिरहेका थिए । त्यत्तिकैमा एम्बुलेन्स र दमकलको साइरेनले तानसेनवासीको मन खिच्यो ।
गुल्मीको इन्द्रेगौंडामा ग्लोबलको एक्सटेन्सन काउन्टर
शनिबार, असोज १३, २०८०
गुल्मीको मुसीकोट नगरपालिका–५ स्थित इन्द्रेगौंडा बजारमा ग्लोबल आईएमई बैंक लिमिटेडले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
आजदेखि सोह्रश्राद्ध सुरू
शनिबार, असोज १३, २०८०
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ ।
सोह्रश्राद्धको सारतत्व
शनिबार, असोज १३, २०८०
धर्मशास्त्र तथा शास्त्रीय मान्यतामा चन्द्रमानको पात्रोअनुसार वर्षमा २४ पक्ष हुन्छन् । आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।
सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
शुक्रबार, असोज १२, २०८०
सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधर र राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीलगायतसँग शुक्रबार सिंहदरबारमा भएको वार्तापश्चात सहमति भएको हो ।
पाल्पाको त्रिभूवन बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर
शुक्रबार, असोज १२, २०८०
पाल्पाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउन्टरको शुरुवात गरेको हो ।
गैरे मोबाइलको सफलता : मोबाइल टार्गेटमा ‘भेस्पा स्कुटर’ पुरस्कार
शुक्रबार, असोज १२, २०८०
पाल्पाको तानसेनमा रहेर मोबाईल र ल्यापटपको विक्री वितरणसँगै मर्मत गर्दै आएको जिल्लाकै प्रतिष्ठित विक्रेता गैरे मोबाइल एण्ड ल्यापटप कियरले मोबाइल विक्रीमा सफलता हात पारेको छ । विगत ३५ वर्षदेखि तानसेनबाट सेवा दिदैं आएको गैरे मोबाइलले अनर मोबाइल विक्रीमा सफलता हासिल गरेको हो ।
मोटरसाइल दुर्घटनामा एकको मृत्यु
शुक्रबार, असोज १२, २०८०
नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्युु भएको छ । यहाँको सुनवल नगरपालिका–४ स्थित सडकममा लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका–१४ पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु
शुक्रबार, असोज १२, २०८०
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रदेशको रुपन्देही र नवलपरासी पश्चिममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।
‘होटल पौवामा आउने पाहुनालाई नेपालीपनको झल्को दिन्छौं’
शुक्रबार, असोज १२, २०८०
पाल्पा घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई तानसेन हो । तानसेन आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले तानसेनलाई आफ्नो रोजाइमा पारेको छ । हस्पिटालिटीको क्षेत्रमा भिन्न पहिचान बनाउन सफल पौवा ग्रुपले पर्यटकीय स्थलहरुलाई मध्यनजर गरी होटल सञ्चालनमा ल्याएको हो ।
आज विश्व मुटु दिवस मनाइँदै
शुक्रबार, असोज १२, २०८०
विश्व मुटुरोग दिवस शुक्रबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । ‘हर्ट प्रयोग गर्नुहोस्, हृदय जान्नुहोस्’ भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ ।


