Shittalpati
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु

पाल्पा, लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रदेशको रुपन्देही र नवलपरासी पश्चिममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देहीको सियारी गाउँपालिका–७ बनगाईका १८ वर्षीय राजेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । 

       यस्तै नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–७ उजेनीका ३५ वर्षीय जय प्रकाश यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि रहेको बिजुलीको पोलमा बालेको बत्ती निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुवै घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update