Shittalpati
पाल्पामा नेपाल वडासंघ गठन

 पाल्पा, पाल्पामा नेपाल वडासंघ गठन भएको छ । तानसेनमा भएको जिल्लाका वडा अध्यक्षहरुको भेलाले वडासंघ गठन गरेको हो । जसको अध्यक्षमा  तानसेन नगरपालिका –९ का वडा अध्यक्ष राजेशकुमार अर्याल रहेका छन् । संघको उपाध्यक्षमा दिवाकर देवकोटा र रामबहादुर रावल, सचिवमा थानेश्वर तिमिल्सेना, कोषाध्यक्ष इन्द्रा चिदी, सहसचिव राजकुमार पन्थी रहेका छन् ।  सदस्यहरूमा दामोदर पाठक, नविन्द्र थापा सोती, निरबहादुर सारु, ईश्वर काफ्ले, युगबहादुर ठाडा, ओमप्रकाश गैरे, सागरमान महर्जन, चिरञ्जीवी पोखरेल, यादव अर्याल, गोविन्द रायमाझी रहेका छन् ।

जिल्लामा ८१ व्टा वडा रहेका छन् । सबै दलहरूमा आवद्ध वडाध्यक्षहरू संघमा आवद्ध रहेका छन् । वडाध्यक्षहरूको हकअधिकार स्थापित गर्नका लागि साझा संगठनको रुपमा संघ गठन गरिएको नवनिर्वाचित अध्यक्ष राजेश कुमार अर्यालले बताए । यसलाई संस्थागत गर्दै राष्ट्रिय वडा महासंघको रुपमा विस्तार गर्ने योजना रहेको उनले बताए । भेलाले १५ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

घोषणापत्रमा पाल्पा जिल्लाका सम्पुर्ण वडाध्यक्षहरू पूर्णरुपमा इमान्दार, निष्ठा र सेवा भावका साथ काम गर्ने प्रतिवद्धता जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update