Shittalpati
आज विश्व मुटु दिवस मनाइँदै

पाल्पा, विश्व मुटुरोग दिवस शुक्रबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । ‘हर्ट प्रयोग गर्नुहोस्, हृदय जान्नुहोस्’ भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ ।

पछिल्लो समय नेपालमा पनि मुटुरोगका बिरामी अत्यधिक बढ्दै गएकाले चेतनामूलक कार्यक्रमहरु गरिंदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । अहिले सबै भन्दा बढी मानिसको मृत्युको कारक पनि मुटुरोग हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल जस्ता अल्पविकसित देशहरुमा एक तिहाइ बढी मृत्युको कारक मुटुरोग हुने गरेको छ । मुटुरोगबाट बच्चको लागि अध्याधिक मासु र मादक पदार्थ सेवन गर्न नहुने चिकित्सकहरुको सुझाव छ । जिब्रोका लागिभन्दा जीउ (शरीर)का लागि खाना खान तथा माछा, मासु, मदिरामा भन्दा सागपात, फलफूलमा ध्यान दिएमा मुटुरोगबाट बच्न सकिने विज्ञहरुको भनाई छ ।

खानपानकै कारण मुटुरोग लाग्ने हुँदा रोग लाग्न नदिन खानपिनमा सजग भइ नियमित व्यायाम गर्नुपर्ने उनीहरुको सुझाव छ । मुटुरोगको उपचारभन्दा रोग लाग्न नै नदिन विशेष सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ । रक्तचाप, मधुमेह, कोलस्टोरलाई नियन्त्रणमा राख्नुपर्ने तथा दिनहुँ व्यायाम गरेमा मुटुरोगबाट बच्न सकिन्छ । मुटुरोग प्राणघातक भएतापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update