सेनाको योगदान
शनिबार, फागुन २९, २०७७
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने
शुक्रबार, फागुन २८, २०७७
नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले दसौं महाधिवेशनको मिति तोकेको हो । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन ।
संविधान च्यात्न खोज्ने शक्ति नै सकिन्छ : काँग्रेस नेता खाँण
शुक्रबार, फागुन २८, २०७७
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान च्यात्न खोज्ने शक्ति नै सकिने बताएका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै नेता खाँणले संविधानलाई च्यात्ने शक्ति आफै सकिएर जाने बताएका हुन् ।
अध्यक्ष दाहालबाट शान्तिपूर्ण आन्दोलनमा जोड
शुक्रबार, फागुन २८, २०७७
रुपन्देही, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य...
अधिकांश गाउँघर पुरुषविहीन बन्दै
शुक्रबार, फागुन २८, २०७७
अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो ।
पाल्पामा थप ८ कोरोना संक्रमित थपिए
शुक्रबार, फागुन २८, २०७७
पाल्पामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा जिल्लाका विभिन्न स्थानीय तहका ८ जनामा संक्रमण देखिएको हो । स्वास्थय कार्यालय पाल्पालाई गत फागुन १८ गतेदेखि फागुन २८ गतेसम्मको प्राप्त विवरण अनुसार ४ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको छ ।
भगवान शिव र महाशिवरात्री
शुक्रबार, फागुन २८, २०७७
आज महाशिवरात्री । आजको दिन हिन्दू धर्मावलम्वीहरुले अत्यन्त श्रद्धा भक्तिपूर्वक महाशिवरात्री प्रमुुख चाडको रुपमा मनाउँदै छन् । यो भगवान शिवको प्रमुुख पर्व हो । हिन्दु धर्म शास्त्र अनुसार फागुन कृष्णपक्ष चतुुर्दशी तिथिको मध्यरातमा करोडौं सूर्य समान कान्ति भएका ज्योतिलिंग स्वरुप भगवान शिव स्वयं प्रकट हुुनुु भएको उक्त पवित्र रात्रीलाई महाशिवरात्री...
तानसेनको कमल पोखरीमा एक पुरुष मृत फेला
बुधबार, फागुन २६, २०७७
तानसेन नगरपालिका ७ प्रभासमा रहेको कमल पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गत सोमबार पोखरीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
पाल्पाको छहरामा कोभिड अस्पताल, सदरमुकाम जाने बाध्यता टर्यो
बुधबार, फागुन २६, २०७७
पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा कोभिड १९ अस्थायी अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको छहरा स्वास्थ्य चौकीलाई पाँच शैयाको अस्थायी कोभिड–१९ अस्पतालको रुपमा विस्तार गरेर सञ्चालनमा ल्याएको हो ।
थप ६३ संक्रमित डिस्चार्ज
बुधबार, फागुन २६, २०७७
पाल्पा, नेपालमा पछिल्लो २४ घण्टाको समय अवधिमा थप ६३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत ६३ जना संक्रमित डिस्चार्ज भएका हुन् । योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर...
वडास्तरीय गायन तथा नृत्य प्रतियोगिता
बुधबार, फागुन २६, २०७७
पाल्पा (झडेवा), जिल्लाको माथागढी गाउँपालिकाले वडास्तरीय गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ । गाउँपालिकाले वडा नं ८ बहादुरपुरमा नारी दिवसको अवसर पारेर ‘आर्थिक र सामाजिक रुपान्तरणमा महिलाहरुको भूमिका’ विषयक गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको हो ।


