Shittalpati
थप ६३ संक्रमित डिस्चार्ज

पाल्पा, नेपालमा पछिल्लो २४ घण्टाको समय अवधिमा थप ६३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत ६३ जना संक्रमित डिस्चार्ज भएका हुन् । योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४ सय ८८ स्वाब नमूना परीक्षण गराउँदा १ सय ४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा ४६ महिला ५८ पुरुष छन् । देशभर ९ सय ११ सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ । बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । अहिले ५५ जना क्वारेन्टिन र ९ सय ११ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update