Shittalpati
इस्मा गाउँसरकारले पनि मनायो अन्तर्राष्ट्रिय नारी दिवस
इस्मा गाउँसरकारले पनि मनायो अन्तर्राष्ट्रिय नारी दिवस जिल्लाको इस्मा गाउँपालिकाले पनि सोमबार अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । ‘महिलाको सुरक्षा,सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ गाउँसरकारले विभिन्न कार्यक्रमहरुको आयोजना गरी १११ औं अन्तर्राष्ट्रिय नारी दिवस दिवस मनाएको हो ।
महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी
महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग सोमबार कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए ।
नारी दिवसले छोएन पाल्पाका श्रमिक महिलालाई
नारी दिवसले छोएन पाल्पाका श्रमिक महिलालाई तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउदै आएकी बगनासकाली गाउँपालिका २ घोरबण्डाकी ३१ वर्षकी पार्वती कुमाल सधैँ जस्तै सोमबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किन । कुमाल तानसेनका किराना पसलहरुमा भारी बोक्ने काम गर्छिन् । एनजेडीले उनलाई आज त अन्तर्राष्ट्रिय नारी (श्रमिक महिला) दिवस तपाईंले मनाउनुभएन ? भन्ने प्रश्न गर्दा...
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस आज (सोमबार) विश्वभर मनाइँदै छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । नेपालमा पनि विभिन्न औपचारिक कार्यक्रम गरी १११ औं दिवस मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।
मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र बन्दै
मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र बन्दै , रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक/एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक क्षेत्र स्थापना गरेर ती औद्योगिक क्षेत्रबाट प्रत्यक्षरुपमा एक लाख र अप्रत्यक्ष पाँच लाख जनालाई रोजगारी दिने नीति बनाएको थियो । यसरी...
माथागढी र रैनादेवी सरकार बीच अनुभव आदान–प्रदान
माथागढी र रैनादेवी सरकार बीच अनुभव आदान–प्रदान पाल्पाका दुई स्थानीय सरकार बीच अनुभव आदान–प्रदान गरिएको छ । माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका बीच कार्यगत अनुभव आदान–प्रदान गरिएको हो । माथागढी गाउँपालिकाले रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की र उपाध्यक्ष चेतना थापालाई गाउँपालिकाको कार्यालयमा स्वागत गर्दै दुई स्थानीय तह बीच आदान–प्रदान गरेको थियो ।
माथागढीले माग्यो आरन सुधार गर्न इच्छुक व्यक्तिको निवेदन
माथागढीले माग्यो आरन सुधार गर्न इच्छुक व्यक्तिको निवेदन जिल्लाको माथाढी गाउँपालिकाले आरन सुधार गर्न इच्छुक व्यक्तिको निवेदन माग गरेको गरेको छ । गाउँपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत आरन सुधार गर्नका लागि निवेदन माग गरेको हो । लुम्बिनी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ का लागि स्वीकृत भएका कार्यक्रमहरु...
‘प्रेमको प्रतिक’ रानीमहल दरबारको उपयोग
‘प्रेमको प्रतिक’ रानीमहल दरबारको उपयोग तानसेन नगरपालिका वडा नं. १३ मा रहेको रानीमहलमा होटल सञ्चालन गर्ने नेपाल पर्यटन बोर्डको प्रस्ताव प्रति आममानिसहरूले अस्वीकृती जनाउँदै प्रतिक्रिया दिइरहेका छन् । रित्तामहलको संरक्षण गरिरहनु पर्ने खासै औचित्यता नदेखेर नै होला पर्यटन बोर्डले विकल्पका रूपमा प्रस्ताव अगाडि सारेको छ । यस सम्बन्धमा विभिन्न प्रतिक्रिया आउनु स्वाभाविक पनि हो ।
नारी दिवसको सार्थकता
नारी दिवसको सार्थकता प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी मुक्तिको सवाललाई लिएर विश्वभर विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आएको छ । आज पनि विश्वभर यो दिवस मनाउन लागिएको छ । दिवसका दिन नारी स्वतन्त्रता तथा सशक्तिकरणको सवालमा चर्चा परिचर्चा, बहस र अन्तक्र्रियाहरु गरिँदै आइएको...
३ लाख ४८ हजार डोज खोप आइपुग्यो
३ लाख ४८ हजार डोज खोप आइपुग्यो नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कोभिड–१९ विरुद्धको ३ लाख ४८ हजार डोजको खोप आइपुगेको छ । आइतबार टर्किस एयरलाइन्सको विमानमार्फत खोप नेपाल ल्याइएको हो ।
Weather Update