Shittalpati
ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज !
ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज ! सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको आधिकारिकता विवादको छिनोफानो सुनाएसँगै ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज भएको हो ।
आफ्नैबाट असुरक्षा
आफ्नैबाट असुरक्षा गुल्मीको रेसुङ्गा नगरपालिका–३ की २१ वर्षीया सम्झना बोहराको आफ्नै माइला ससुरा पर्नेबाटै हत्या भएको छ । ४७ वर्षीय लालबहादुर खत्रीले आफ्नै बुहारी पर्ने सम्झनालाई हत्या गरेको गुल्मी प्रहरीले जनाएको छ । सम्झना गत माघ २९ मा बेपत्ता भएकी थिइन् । फागुन १७ गते घरनजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा बोहराको...
पाल्पामा दोस्रो प्राथमिकताको खोप ७१ स्थानबाट
पाल्पामा दोस्रो प्राथमिकताको खोप ७१ स्थानबाट कोरोना विरुद्धको खोप अभियान अन्तर्गत फागुन २३ गते (आज)देखि जिल्लामा ७१ स्थानबाट खोप लगाइदै छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका प्रमुख विश्व विश्वनाथ न्यौपानेका अनुसार दोस्रो प्राथमिकतामा परेका पहिलो चरणका जेष्ठ नागरिकहरुलाई आजदेखि खोप लगाउन थालिएको हो ।
लगानी विविधिकरण नै ‘व्यवसाय सफलताको आधार हो’
लगानी विविधिकरण नै ‘व्यवसाय सफलताको आधार हो’ किसानले दूध सडकमा फाले । किसानले टमाटर सरकारी कार्यालय अगाडि फाले । कृषि उत्पादनको बजारीकरण भएन । कृषि उत्पादनले मूल्य पाएन । भारतीय उत्पादनको आयातको कारण नेपाली उत्पादनले बजार पाउन सकेन इत्यादी शिर्षका समाचार बारम्बार हामीले सुन्दै÷पढ्दै आएका छौ । किन नेपालमा यस्तो भै रहेको होला ?
खोप अभियान प्रभावकारी बनाऔं
खोप अभियान प्रभावकारी बनाऔं विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथामका लागि खोप अभियान अगाडि बढाइएको छ । विश्वका धेरै देशहरुले खोप उत्पादन गरी सबै नागरिकलाई खोप लगाउन अभियान नै सञ्चालन गरेका छन् । नेपालले पनि खोप अभियानलाई तिव्रता दिएको छ । सुरुमा भारतबाट अनुदानमा प्राप्त भएको १० लाख खोप नेपालले आफ्ना नागरिकलाई...
रोटरी क्लवको विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर
रोटरी क्लवको विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर तानसेन नगरपालिका १० तेल्घामा रहेको बालकन्या भगवती आधारभुत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । रोटरी क्लब अफ पाल्पा लुम्बिनिले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क आँखा तथा दाँतको स्वास्थ्य शिविर आयोजना गरिदिएको हो ।
पाल्पाली साहित्यकार रेग्मीका दुई कृति काठमाडौंमा विमोचन
पाल्पाली साहित्यकार रेग्मीका दुई कृति काठमाडौंमा विमोचन पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीका दुई कृति काठमाडौंमा विमोचन भएका छन् । रेग्मीद्वारा लिखित ‘अमर पात्र’ र ‘अर्पण’ कृति शनिबार एक भव्य समारोहका बिच विमोचन गरिएको हो । पाल्पा साहित्य समाज र पाल्पाली संगम, साहित्य विभाग काठमाडौंको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा कृति विमोचन गरिएको छ ।
यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिताको विजेता घिमिरे
यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिताको विजेता घिमिरे पाल्पामा यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज र र्‍याली प्रतियोगिता गरिएको छ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ज्ञानेन्द्र अटो वक्र्स यामाहा सोरुम पाल्पामा ग्राहकलाई यामाहा रे जेडआर १२५ एफआई र यसको माइलेजबारे जानकारी दिनका लागि शनिबार एफआई माइलेज च्यालेञ्ज र र्‍याली प्रतियोगिता गरेको हो ।
बिहेको दाइजो छाडेर फर्कदै गरेको जिप निस्दीको विरकोटमा दुर्घटना, चार घाइते
बिहेको दाइजो छाडेर फर्कदै गरेको जिप निस्दीको विरकोटमा दुर्घटना, चार घाइते बिहेको दाईजो छाडेर फर्कदै गरेको जिप पाल्पाको निस्दी गाउँपालिका २ विरकोटमा दुर्घटना भएको छ । शनिबार विहान पोखरीछाँप नजिकै भित्रि कच्चि सडक खण्डमा बिरकोटमा बिहेको दाईजो छाडेर ज्यामिरेतर्फ फर्किदै गरेको लु १ ज १७६२ नं.को जिप दुर्घटना भएको हो ।
गुल्मीका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाइदै
गुल्मीका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाइदै जिल्लामा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ । फागुन २३ गतेबाट जिल्लाका १२ वटा स्थानीय तहमध्ये ८ स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानी प्रसाद शर्माले बताए । फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिकालाई दोस्रो चरण अन्र्तगतको पहिलो खोप लगाउने...
विप्लवसँगको वार्ता स्वागत योग्य
विप्लवसँगको वार्ता स्वागत योग्य नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेपाल सरकारबीच वार्ता भएको छ । वार्ताका माध्यमबाट विप्लव शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको र सरकारले उनको पार्टीमाथि लगाएको बन्देज फुकुवा गर्न निर्णय गरेकोमा आमनेपाली जनताले सकारात्मक सन्देशका रूपमा लिएका छन् । फरक विचार बोकेको पार्टी वा समूहलाई राज्यको मूलप्रवाहमा ल्याउने दायित्व र कर्तव्य...
Weather Update