Shittalpati
गुल्मीका स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाइदै

रमेश विश्कर्मा
गुल्मी, जिल्लामा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ । फागुन २३ गतेबाट जिल्लाका १२ वटा स्थानीय तहमध्ये ८ स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानी प्रसाद शर्माले बताए । फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिकालाई दोस्रो चरण अन्र्तगतको पहिलो खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहका जनप्रतिनिधि, स्थानीय शिक्षक तथा सरोकार राख्नेहरुसँग समन्वय गरेर प्रभावकारी रुपमा दोस्रो चरणको खोप लगाउन आग्रह गरिन् । फागुन २३ गतेबाट सुरु हुने खोपमा जिल्लाको मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवति गाउँपालिका र कालीगण्डकी गाउँपालिका गरी जिल्लाका ८ वटा स्थानीय तहमा सुरु हुने बताइएको छ । बाँकी रहेका रेसु·ा नगरपालिका सहित गुल्मीदरबार गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा थप खोप उपलब्ध भएपछि लगाइने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख शर्माले बताए । दोस्रो चरणको अभियान १० दिनसम्म चल्नेछ । ६५ वर्ष माथिका १८ हजार ८ सय ८३ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । दोस्रो चरणको पहिलो खोप अन्तर्गत जिल्लामा ११ हजार ८ सय ५० डोजको खोप आएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update