नवजनचेतना राष्ट्रिय दैनिक २०७७ फागुन २० गते बिहीबार
बिहीबार, फागुन २०, २०७७
समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाइदै
बिहीबार, फागुन २०, २०७७
जिल्लाका स्थानीय तहहरुले समुदायस्तरमा कोभिड विरुद्धको खोप लगाउने तयारी थालेका छन् । कोभिडको महामारीबाट आमनागरिक समेत प्रभावित बनेको भन्दै स्थानीय तहहरुले समुदायस्तरबाटै खोप लगाउने तयारी थालेका हुन् ।
वन्यजन्तु संरक्षणमा ध्यान दिऊ
बिहीबार, फागुन २०, २०७७
मानव विकाससँगै वन्यजन्तु संकटमा परेका छन् । मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाइरहेका हुन्छन् । उनीहरु आफ्नो जीविकोपार्जन, ओखती र इन्धनका निम्ति जंगलसँग आश्रित हुनुपर्दछ
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी
बुधबार, फागुन १९, २०७७
सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरु हटाउन तयारी थालिएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै त्यस्ता संरचना हटाउन अन्तिम तयारी थालेको हो ।
लुम्बिनी प्रदेशका मानव अधिकारकर्मी पाल्पामा
बुधबार, फागुन १९, २०७७
पाल्पाको तानसेनमा लुम्बिनी प्रदेशका मानव अधिकारकर्मीको भेला भएको छ । नेपाल मानव अधिकार संगठनको प्रदेश परिषद् बैठकमा सहभागी हुन लुम्बिनी प्रदेशभित्रका १२ जिल्लाबाट मानव अधिकारकर्मी पाल्पा आएका हुन् । संविधानमा उल्लेख भएका मानव अधिकारको प्रत्याभूति गर्ने उद्देश्यले बुधबार नेपाल मानव अधिकार संगठन लुम्बिनी प्रदेशको आयोजन, संगठन पाल्पाको आतिथ्यतामा प्रदेश परिषद्...
कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा
बुधबार, फागुन १९, २०७७
सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ...
आज विश्व वन्यजन्तु दिवस मनाइदैं
बुधबार, फागुन १९, २०७७
विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुख बिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण सम्वद्र्धनका लागि आज विश्व वन्यजन्तु दिवस मनाइदैं छ । हरेक वर्ष मार्च ३ तारिख तथा आजका दिन विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै...
टेम्पोमा पनि मेगा बैंकको क्यूआरकोड
बुधबार, फागुन १९, २०७७
मेगा बैंक नेपाल लिमिटेडले टेम्पोमा पनि क्यू आर कोड सेवाको व्यवस्था गरेको छ । बैंकले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको हो । देशभर सञ्चालित टेम्पोमा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
विकासको आवश्यकता
बुधबार, फागुन १९, २०७७
मुलुकमा पर्यटन क्षेत्रको सम्भावना प्रचुर भएपनि यातायातको पहुँचको अभावले पर्याप्त मात्रामा पर्यटकहरु गन्तव्यमा पुर्याउन नसक्दा पर्यटकीय स्थलहरु ओझेलमा परेको अवस्था छ । औषधोपचार र बजार व्यवस्थापनको लागि सडक सञ्जाल पहिलो आवश्यकता हो । आजको २१ औं शताब्दीमा पनि हाम्रो मुलुकका सबै जिल्लामा यातायातको साधन भित्रने सडक सुविधा पुगेको छैन ।...
गुल्मीमा माविस्तरको फुटबल प्रतियोगिता हुँदै
मंगलबार, फागुन १८, २०७७
गुल्मीमा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घास रहेको चिदीचौर खेल मैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मंगलबार, फागुन १८, २०७७
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा...
मृत्युको कारण बन्दै ‘विलासी जीवन’
मंगलबार, फागुन १८, २०७७
कुनै बेला अकालमै मृत्यु हुने रोगको अधिकांश कारण सरुवा रोग थियो । सरुवा रोग नियन्त्रणमा समेत नेपालमा धेरै बजेट खर्च हुन्थ्यो । गाउँगाउँमा पखाला महामारीको प्रकोप हुन्थ्यो । गाउँमै हजारौँको एकै पटक मृत्यु भएको समाचार आउँथे । आउँ, हैजा, टाइफाइड, टिभी, कुष्ठ, कमलपित्तलगायत सरुवा रोगबाट मर्ने मानिसको सङ्ख्या उल्लेख्य रहेको...


