दुर्घटनामा दुईको मृत्यु
मंगलबार, फागुन १८, २०७७
द्वन्द्व प्रभावित परिवारले अझै न्याय पाएनन्
मंगलबार, फागुन १८, २०७७
तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो । दश वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यातना, बलात्कार तथा गैरन्यायिक हत्याका पीडितले अझै न्याय पाएका छैनन् । लामो समयसम्म...
शान्ति सुरक्षा कायम गर्न गुल्मी काँग्रेसको आग्रह
मंगलबार, फागुन १८, २०७७
पछिल्लो समय जिल्लामा हत्या, हिंसाका गतिविधिहरु बढ्दै गएपछि नेपाली काँग्रेस गुल्मीले चासो देखएको छ । काँग्रेसले जिल्लामा दिनहुँ हत्या, हिंसा र बलात्कारका घटनाहरुमा बृद्धि हुँदै जाँदा आम नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नपाएको भन्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
महँगी नियन्त्रणमा ध्यान देऊ
मंगलबार, फागुन १८, २०७७
कोरोना महामारीकै बीचमा यतिबेला दैनिक उपभोग्य वस्तुहरुको भाउ ह्वात्तै बढेको छ । बजारमा अत्यावश्यक वस्तुको भाउ महँगिएपछि आमउपभोक्ता यसको मारमा परेका छन् । कोरोना महामारीका बेला गरिएको लकडाउनको मौका छोपी व्यापारीहरुले उपभोग्य वस्तुको भाउमा वृद्धि गरेका छन् । यसको मारमा सर्वसाधरण उपभोक्ता परेका छन् ।
गुल्मीको भाडगाउँमा युवती मृत फेला
सोमबार, फागुन १७, २०७७
जिल्लाको भाडगाउँमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
रासस सदस्यमा भण्डारी
सोमबार, फागुन १७, २०७७
नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्रीस्तरको फागुन १० गतेको निर्णयानुसार रासस ऐन, २०१९ को दफा ८ को उपदफा १ को खण्ड (ख) बमोजिम भण्डारी रिक्त सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन् ।
खेलकुद पत्रकार अर्याल पुरस्कृत
सोमबार, फागुन १७, २०७७
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पाल्पाका खेलकुद पत्रकार माधव अर्याललाई प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रम गरेर पत्रकार अर्याललाई आइतबार पुरस्कार प्रदान गरेको हो । अर्यालले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्र हात परेका छन् ।
खुर्सानीको पकेट क्षेत्र झडेवाका कृषकलाई तालिम र बिउ
सोमबार, फागुन १७, २०७७
खुर्सानीको पकेट क्षेत्रका रुपमा रहेको पाल्पाको माथागढी गाउँपालिका ४ झडेवाका कृषकहरुलाई तालिम तथा खुर्सानीको बिउ वितरण गरिएको छ । गाँउपालिकाको एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत यहाँका कृषकहरुलाई खुर्सानी खेती सम्बन्धी तालिम र बिउ वितरण गरिएको हो
तानसेनमा ‘फोन–पे’को क्यू आर स्टेण्ड वितर
सोमबार, फागुन १७, २०७७
नेपाल बैंक लिमिटेड पाल्पा शाखाले ‘फोन–पे’को क्यू आर स्टेण्ड वितरण गर्दै आएको छ । बैंकले डिजिटल पाल्पा अभियान अन्तर्गत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई क्यू आर स्टेण्ड वितरण गर्दै आएको हो । सेवाग्राहीहरुलाई कारोबारमा सहज र सरल बनाउनका लागि बैंकले क्यू आर स्टेण्ड वितरण गर्दै आएको जनाएको छ । बैंकले एकै दिन...
माथागढीले यसरी मनाउँदै छ अन्तर्राष्ट्रिय महिला दिवस
सोमबार, फागुन १७, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा गाउँपालिकाले फागुन २३ गते विविध कार्यक्रम गर्न लागेको हो ।
महङ्गीको मारमा उपभोक्ता : बचत शून्य, खानै ठिक्क
सोमबार, फागुन १७, २०७७
बजारमा अत्यावश्यक वस्तुको भाउ महङ्गीकोपछि आम उपभोक्ता यसको मारमा परेका छन् । कोरोना महामारीका बेला गरिएको लकडाउनको मौका छोपी व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरेपछि उपभोक्ता मारमा परेका हुन् ।


