Shittalpati
‘बालबालिकाको अधिकार संरक्षण गर्न बाल संगठनलाई जिम्मेवार बनाउ’
‘बालबालिकाको अधिकार संरक्षण गर्न बाल संगठनलाई जिम्मेवार बनाउ’ लुम्बिनी प्रदेशका सांसद नारायण आचार्यले बालबालिकाको अधिकार संरक्षणका लागि बालसंगठनलाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् । नेपाल बाल संगठन पाल्पाको १२ औ अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद् आचार्यले यस्तो बताएका हुन् । उनले बालवालिकाको शिक्षा, पोषण, अधिकार देखी उनीहरुको मौलिक अधिकार संरक्षणका लागि बालसंघठनलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन् ।
आज श्री स्वस्थानी ब्रत समाप्त गरिदैं
आज श्री स्वस्थानी ब्रत समाप्त गरिदैं पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ ।
दुर्घटना रोक्न मदनभण्डारी राजमार्गमा सेफ्टी वाल
दुर्घटना रोक्न मदनभण्डारी राजमार्गमा सेफ्टी वाल गुल्मीमा रहेको मदन भण्डारी राजमार्ग क्षेत्रमा दुर्घटना रोक्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । उक्त राजमार्गको कालोपत्रे गरिएको दुर्घटना हुने जोखिम क्षेत्रमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले वाल निर्माण कार्य अगाडि बढेको छ । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे...
विद्युतीय भुक्तानीमा नागरिकको पहुँच बढाइने
विद्युतीय भुक्तानीमा नागरिकको पहुँच बढाइने बुटवल उपमहानगरपालिकाले डिजिटल सिटीको अवधारणा अनुसार सबै टोल विकास संस्थालाई विद्युतीय भुक्तानीका बारेमा नयाँ सिकाइ शुरु गरेको छ । यहाँ रहेका करीब ४ सय टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यलाई विद्युतीय भुक्तानी सहितको मोबाइल एप र नयाँ प्रविधिका बारेमा प्रशिक्षित गरिएको छ । यसबाट सूचना प्रविधिमा नागरिकको पहुँच बढ्न जाने...
स्वस्थानीको समाप्ति र सन्देश
स्वस्थानीको समाप्ति र सन्देश पौष शुक्ल पूर्णीमाका दिनबाट शुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । आम नेपाली महिलाहरुले लिने व्रत भन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिने गरिन्छ ।
आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स
आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु निर्वाचित भएका छन् । संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनले कसजुलाई अध्यक्षमा निर्वाचित गरेको हो । शुक्रबार विहान सम्पन्न मतगणनाको परिणाम अनुसार उनले प्रतिद्वन्दी हरिप्रसाद अर्याललाई १ सय ७९ मतले पराजित गरेका हुन् ।
शाइन रेसुङ्गा बैंकको सेवा आफ्नै भवनबाट
शाइन रेसुङ्गा बैंकको सेवा आफ्नै भवनबाट शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय आफ्नै भवनबाट सेवा सुरु गरेको छ । हाल कम्पनीको केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ६ मैत्रिपथमा रहेकोमा फागुन ११ गतेदेखि सोहि उपमहानगरपालिका वडा नं ११ कालिका नगरमा आफ्नै भवनबाट सेवा सञ्चालन गरेको जानकारी दिएको छ ।
पाल्पामा स्ट्रावेरीको व्यवसायिक खेती गरिदै
पाल्पामा स्ट्रावेरीको व्यवसायिक खेती गरिदै पौष्टिकताका हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको स्ट्रावेरीको पाल्पामा व्यवसायिक खेतीको सुरुवात गरिएको छ । भूइँकाफलका नाममा चिनिने स्ट्रावेरीको जिल्लाका विभिन्न स्थानीय तहमा व्यवसायिक खेती गर्न थालिएको हो । यसलाई स्थानीय भाषामा बुढी काफल पनि भन्ने गरिन्छ ।
युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाऔं
युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाऔं नेपालमा लागूपदार्थ दुव्र्यसनी बढ्दै गएको छ । लागुपदार्थ सेवन गर्ने अधिकांस युवा उमेर समूहका नै रहेका छन् । लागूपदार्थ दुव्र्यसनीमा यो उमेर समूहका युवाहरु बढी नै लिप्त रहेको तथ्याङ्कमा देखिन्छ । १५ देखि २५ बर्षको उमेर समूहका युवाहरुमा बढेको यस्तो प्रयोगले युवाहरु त विग्रेका छन्, उनीहरुको परिवार पनि तनावमा छ ...
Weather Update