Shittalpati
युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाऔं

नेपालमा लागूपदार्थ दुव्र्यसनी बढ्दै गएको छ । लागुपदार्थ सेवन गर्ने अधिकांस युवा उमेर समूहका नै रहेका छन् । लागूपदार्थ दुव्र्यसनीमा यो उमेर समूहका युवाहरु बढी नै लिप्त रहेको तथ्याङ्कमा देखिन्छ । १५ देखि २५ बर्षको उमेर समूहका युवाहरुमा बढेको यस्तो प्रयोगले युवाहरु त विग्रेका छन्, उनीहरुको परिवार पनि तनावमा छ । साथै राज्यको राम्रो जनशक्ति उत्पादनमा पनि ठूलो असर परेको छ । यो समयमा धेरै ज्ञानगुनका कुरा सिक्नेदेखि राष्ट्र निर्माणमा लाग्ने अवसर पनि हो । तर उनीहरुमा यस्तो काममा लाग्ने भन्दा दुव्र्यसनमा फस्ने गरेकाले देश झन विपन्नतातर्फ धकेलिएको छ । युवाहरुले काम नगर्ने,भोलीको पुस्तालाई पनि गलत बाटोमा लैजाने तथा उर्जावान समय जेलनेलमा बिताउने अवस्थाले देशको आर्थिक अवस्था झन डरलाग्दो देखिएको छ । लागुऔषध दुव्र्यसनी र कारोबारीमा समेत युवा/युवती दुवै उत्तिकै छन् । साथी संगतले पनि धेरै युवायुवतीहरु दुव्र्यसनमा लाग्ने गरेका छन् । बेरोजगारीका कारण पनि धेरै युवायुवतीहरु दुव्र्यसनीमा फस्ने गरेको पाइन्छ ।

लागुऔषधको कारोबारबाट छोटै समयमा धेरै पैसा कमाउन सकिने भएपछि बेरोजगार युवाहरू यतातिर सजिलै लाग्ने गरेको पनि पाइएको छ । धेरै त चेतना अभावका कारण पनि यस्तो कारोबारमा संलग्न भएका हुन्छन् । पक्राउ परेकाहरुमध्ये कतिलाई त लागुऔषधको कारोबार गर्दा पक्राउ परिन्छ भन्ने ज्ञान पनि नभएको पाइएको छ । हरेक वर्ष लागुऔषध दुव्र्यसन र कारोबारमा संलग्न भएर पक्राउ पर्नेहरुको संख्या बढ्दो छ । पक्राउ पर्नु र कारवाहीको दायरामा ल्याउनु प्रहरीको सफलता होला, तर युवाहरु दिन दिनै दुव्र्यसनमा फस्नु राष्ट्रको असफलता हो । उनीहरुलाई यस्ता कुलतबाट फसाएर उत्पादन मूलक काममा लगाउने, रोजगारीको सिर्जना गर्ने काम गर्न नसक्ने हो भने यो क्रम अझै बढेर जाने देखिन्छ । तसर्थ प्रहरीले पाउने सफलतासँगै राष्ट्रको असफलता पनि जोडिएको यथार्थलाई मध्यनजर गरेर युवा लक्षित कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । युवालाई समयमा सही मार्गमा हिडाउन सकिएन भने फेरी पनि राष्ट्रको भविष्य अन्यौल हुने छ ।यसर्थ देश विकासका खम्बा, भविष्यको कर्णधार युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गरौं ।

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update