Shittalpati

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा गाउँपालिकाले फागुन २३ गते विविध कार्यक्रम गर्न लागेको हो ।
दिवस २४ गते भएपनि गाउँपालिकाले यसको पूर्वसन्ध्यामा कार्यक्रमको आयोजना गरेको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै महिला दिवसको अवसरमा सामाजिक आर्थिक रुपान्तरणमा महिलाको भूमिका विषयमा सांगितिक कार्यक्रम गर्न लागेको जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत राजु नेपालद्वारा हस्ताक्षरित सूचनामा प्रत्येक वडाबाट कार्यक्रममा अनिवार्य सहभागी हुन अनुरोध गरिएको छ । कार्यक्रम वडा ८ बहादुरपुरमा हुने जनाइएको छ । उक्त सांगीतिक कार्यक्रममा भाग लिने प्रतियोगीहरुले सामाजिक आर्थिक रुपान्तरणमा महिलाको भूमिका शीर्षकमा गीत गाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । प्रतियोगीले कुनै पनि वर्ग, जाति, धर्म, लि·, भाषा, क्षेत्र वा अन्य कुनै समुदायलाई आक्षेप गर्ने खालको गीत समावेश गर्न पाइने छैन, गीतको समय बढीमा ७ मिनेटको हुनुपर्ने छ, प्रत्येक सहभागी टिममा बढीमा ७ जना सहभागी सम्मिलित गराउन पाइने छ, सहभागीहरु वडाको स्थायी बासिन्दा हुनुपर्ने सूचनामा जनाइएको छ । त्यस्तै प्रतियोगितामा सहभागी हुनेले बाध्यवादनको व्यवस्था स्वयम् समूहले गर्नुपर्ने छ ।
प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट टिमलाई निर्णायकहरुको निर्णयको आधारमा प्रथम, द्धितीय र तृतीय छनौट गरी पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update