
सीमा भट्टराई
पाल्पा, विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुख बिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण सम्वद्र्धनका लागि आज विश्व वन्यजन्तु दिवस मनाइदैं छ । हरेक वर्ष मार्च ३ तारिख तथा आजका दिन विश्व वन्यजन्तु दिवस मनाउने गरिन्छ । विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै प्राणी र विरुवाहरुको सुरक्षा, सम्वद्र्धन अनि उपस्थिति मानवको दायित्व हो ।
चोरी शिकारी, पैठारी अनि तस्करहरुको सक्रियताले नेपालमा पनि धेरै जनावरहरु र विरुवाहरुको विनाश भएको, हत्या भएको, नाशिएको इतिहास छ । विश्व पर्यावरणको ईकोसिस्टममा हरेक प्राणीहरुको आ–आफ्नै महत्व र योगदान छ तसर्थ सबै प्राणिहरुको सुरक्षा आजको आवश्यता हो । मानव जिवनको दिर्घकालिन उपस्थितीका लागि पनि वन्यजन्तु र बिरुवाहरु सबैको रक्षा गर्न जरुरी छ । संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्याण्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जंगली जनावर तथा विरुवाको अन्तर्राष्ट्रिय व्यापार बारे बहस भएको थियो । यो बहसमा जंगली जनावर तथा विरुवाहरुको अन्तर्राष्ट्रिय ब्यापार विषयमा अनि संसारमा भएका ३५ हजारभन्दा बढी जनावर र विरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिईएको थियो । यस बहसको निस्कर्षलाई सिटिज अर्थात कन्भरसेसन अन इन्टरनेशनल ट्रेड इन इनडेन्जर इस्पेसिस भनेर नाम दिइएको थियो । अहिले सिटिज को अनुसार अन्तर्राष्ट्रिय व्यापारकै कारण लगभग ५ हजार प्रजातिका जनावरहरु र २९ हजार २ सय प्रजातिका बोटविरुवाहरु लोप हुने अवस्थामा छन् । यी जनावर र विरुवाहरुलाई खतराको सीमामा पर्न नदिन र अन्तर्राष्ट्रिय व्यापारले धेरै हद सम्म नियन्त्रण गरेको पनि पाइन्छ । आजको दिन ति लोप हुन सक्ने प्रजातिहरुको नियन्त्रणमा सिटिजको उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो । यस वर्षको विश्व वन्यजन्तु दिवसको नारा ‘पृथ्वीका सबै जीवहरुको सुरक्षा’ भन्ने रहेको छ । विश्वको जैविक विभिदता संरक्षणका लागि यस दिवसको विशेष योगदान रहनेछ । यो विश्व मानवको लागि मात्र हैन, यहाँ रहेका हरेक सजिव निर्जीव प्राणीहरुको यो विश्वमा मानवकै जतिको अधिकार छ । हामी एउटा सामाजिक र बौद्धिक प्राणी भएकाले यो कर्तव्य पनि हाम्रै हो ।