Shittalpati
इस्मा गाउँसरकारले पनि मनायो अन्तर्राष्ट्रिय नारी दिवस

गुल्मी, जिल्लाको इस्मा गाउँपालिकाले पनि सोमबार अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । ‘महिलाको सुरक्षा,सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ गाउँसरकारले विभिन्न कार्यक्रमहरुको आयोजना गरी १११ औं अन्तर्राष्ट्रिय नारी दिवस दिवस मनाएको हो ।
महिला दिवस सम्बन्धी नारा लेखिएका विभिन्न प्लेकार्ड  र्‍याली निकालिएको थियो । विभिन्न स्थानबाट महिलाहरु जम्मा भई र्‍याली निकालेका थिए । गाउँपालिकाको वडा नं. –६, अमरपुरको अमरपुर ओमप्रसाद गौतम माध्यमिक विद्यालयको प्राङ्गणमा पुगेर  र्‍याली विर्सजन गरी दिवस मनाएको थियो । गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले महिलाहरुको वर्तमान अवस्थाको बारेमा तयार पारेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा महिलाहरुको हक अधिकारको बारेमा लेखिएको प्लेकार्डहरु देखाइएको थियो । गाउँपालिका भित्रका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, गाउँपालिकाका अन्य कर्मचारीहरु, पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा गाउँपालिकामा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

 

 

 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update