Shittalpati
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

पाल्पा, यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस आज (सोमबार) विश्वभर मनाइँदै छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । नेपालमा पनि विभिन्न औपचारिक कार्यक्रम गरी १११ औं दिवस मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका छन् । लुम्बिनी प्रदेश र पाल्पाका स्थानीय तहमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको पाइदैन ।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update