Shittalpati
तानसेनको कमल पोखरीमा एक पुरुष मृत फेला

पाल्पा, तानसेन नगरपालिका ७ प्रभासमा रहेको कमल पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गत सोमबार पोखरीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

शवको अहिलेसम्म पनि पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ३५ बर्षको जस्तो देखिने पुरुषको शव बेवारीसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । उनका अनुसार उक्त पुरुषको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update