Shittalpati
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण साहित्यकार राजेन्द्र गोपाल सिंहको बन्न नसकेका कविताहरुको कविता संग्रह लोकार्पण  गरिएको छ । पाल्पा साहित्य समाजले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कविता संग्रहको लोकार्पण गरेको हो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै
अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै आज ५९ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
आज विश्व फिजियोथेरापी दिवस
आज विश्व फिजियोथेरापी दिवस आज सेप्टेम्बर ८ तारिक, विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर विश्वभर फिजियोथेरापी दिवस मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै आइएको छ ।
आज निजामती सेवा दिवस मनाइँदै
आज निजामती सेवा दिवस मनाइँदै आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदै छ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ । तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले विसं २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । २०६० सालदेखि यस दिवस नियमित मनाउन...
आज खग्रास चन्द्रग्रहण
आज खग्रास चन्द्रग्रहण भाद्र शुक्ल पूर्णिमाका दिन आज आइतबार राती खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ०१ः४१ बजे ग्रहण सकिने नेपाल पञ्चा· निर्णायक समितिले जनाएको छ ।
आज भाद्र शुक्ल चतुर्दशी :  अनन्त चतुर्दशी
आज भाद्र शुक्ल चतुर्दशी : अनन्त चतुर्दशी आज भाद्र शुक्ल चतुर्दशी अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना  गरी मनाइँदै छ । यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रणगरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणबस जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको छ ...
आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस
आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र सरकारी तवरबाट बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरि मनाउँदै छन् ।
बेवारिसे अवस्थामा महिलाको शव फेला
बेवारिसे अवस्थामा महिलाको शव फेला जिल्लाको रम्भा गाउँपालिका–३, सीतापहाडमा सडक नजिकै खोल्सामा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । सिद्दार्थ राजमार्ग सडक नजिकै रहेको खोल्सामा ३५ वर्षीया महिलाको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय
सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने  निर्णय गरेको छ । बिहीबार सञ्चार मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो
बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो यहाँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट) रोग देखा परेको छ । नाहालामा लगाइएको धानबालीको अनुगमनका क्रममा उक्त रोग देखिएकाले समयमा सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ ।
पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण
पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदानलगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ ।
Weather Update