Shittalpati
एकीकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम

पाल्पा(रामपुर), रामपुर नगरपालिका भित्रका शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज तालिम दिन थालिएको  छ । रामपुर नगरपालिकाको आयोजनामा प्राथमिक तहमा अध्यायपन गराउने शिक्षकहरुका लागि तालिम दिइएको हो ।

तालिमको नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले  एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरेकी हुन् । तालिमको उद्घाटन गर्दै उपप्रमुख थापाले  विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने भएकाले तालिमले गुणस्तर सुधारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिन्। उनले शिक्षक र विद्यालयलाई दोष दिनु भन्दा विद्यालयलाई कसरी राम्रो बनाई विद्यार्थी आकर्षित गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुनु पर्नेमा जोड दिइन् । विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउनका लागि ध्यानपूर्वक तालिममा सहभागी हुन समेत उनले  आग्रह  गरिन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले विद्यालयको शैक्षिक गुणस्तर शिक्षकहरुको लगनशिलता र मेहनतमा निर्भर हुने बताए । तालिमका प्रशिक्षक दयाराज कंडेलले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले नर्धारण गरेका निर्देशक सिद्धानत अनुसार आवधिक मूल्यङ्कन नगरेर हरेक दिन शिक्षण सिकाई क्रियाकलपसँगै निरन्तर विद्यार्थी मूल्याङ्कनलाई जोड्दै आएको बताए । उनले कक्षा कोठामा सिकाई गतिविधि सञ्चालन गर्दा विभिन्न क्रियाकलापमा धेरै समय व्यतित गरे पनि तुरुन्तै मूल्याङ्कन गर्न नसक्दा विद्यार्थीको कमजोरी धेरै पछि थाहा हुने र सुधार्न गाह्रो हुने भएकाले सिकाईसँगै मूल्याङ्कन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा नगरभित्रका २९ प्राथमिक विद्यालयका कक्षा १–३ सम्म अध्ययापन गराउने शिक्षकहरुको सहभागिता रहेको छ । तालिम ४ दिन सम्म चल्ने छ । प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको सञ्चालनमा कार्यक्रम  भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update