Shittalpati
मोहन कन्यामा नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान

तानसेन, तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ मा विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा सम्मान  गरेको छ । विद्यालयले एक औपचारिक कार्यक्रम गरी विद्यार्थीलाई स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा २९ जना नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको हो । नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालय ब्यवस्थापन समितिका सदस्य मुक्तिराम तिमिल्सीना, विद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विधान प्रसाद श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद ज्ञवाली, शिक्षकहरु गोपाल प्रसाद वश्याल र आशा आले मगरले स्वागत गर्दै निःशुल्क पोशाक समेत वितरण गरे । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष श्रेष्ठले विद्यालयले गत वर्ष हीरक महोत्सव भब्यताकासाथ सम्पन्न गरेको स्मरण गर्दै हालै प्रकाशित एसईइ नतिजामा मोहन कन्या विद्यालयका छात्रा एञ्जिला रानाले ४.० जिपिए प्राप्त गरेकोमा बधाई एवम् विद्यालयको निरन्तर सफल नतिजाको कामना गरे ।

विद्यालयका प्रधानाध्यापक दिपक प्रसाद ज्ञवालीले नवआगन्तुक विद्यालर्थीलाई स्वागत गर्दै विद्यालयमा गुणस्तर एवम् कम्प्युटर इञ्निियरिङ सञ्चालन भैरहेको र विद्यालयले भर्ना हुन आउने विद्यार्थीलाई पहिलो पटक पोशाक दिने, कक्षा आठसम्म दिवा खाजाको ब्यवस्था, कक्षा १२ सम्म निःशुल्क पाठ्यपुस्तक र विभिन्न छात्रबृत्तिहरु प््रदान, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको ब्यवस्था गरिएको जानकारी दिए । उनले कम्प्युटर इञ्निियरिङ अध्ययनबाट रोजगारी एवम् स्वरोजगारीको अवसर रहेको बताए । कार्यक्रमका विचमा छात्राहरुको मनोरञ्जनात्मक प्रस्तुतिका साथै मोहन कन्या आरती हीरक स्मारिका वितरण गरिएको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका सदस्य मुक्तिराम तिमिल्सीनाको अध्यक्षता, सहायक प्रधानाध्यापक रीना श्रेष्ठको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update