Shittalpati
तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मल उत्पादन सुरु
तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मल उत्पादन सुरु जिल्लाको तिलोत्तमाका युवाले प्राङ्गारिक मल उत्पादन सुरु गरेका छन्। यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन्।
पाल्पामा पाँच देशका भिक्षुहरुको वर्षाबास
पाल्पामा पाँच देशका भिक्षुहरुको वर्षाबास जिल्लाको तिनाउ गाउँपालिका–१ झिगामारामा विभिन्न पाँच देशका  बौद्ध भिक्षुहरु वर्षाबासमा रहेका छन् । नेपालसहित, सिङ्गापुर, थाइल्याण्ड, बेल्जियम र मलेसियाबाट भिक्षुहरु वर्षाबासमा रहेका छन् ।
बहुविवाह कानुन ल्याउन लागेको विरोधमा पाल्पाका महिला संगठनहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बहुविवाह कानुन ल्याउन लागेको विरोधमा पाल्पाका महिला संगठनहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र सरकारले बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुन ल्याउन लागेको भन्दै जिल्लामा आवाद्ध महिला संगठनहरुले विरोध जनाएका छन् । यहाँका ६ महिला संगठनहरुले मुलुकी अपराध संहितामा पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेकोमा विरोध जनाउँदै बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय काठमाडौंलाई ज्ञापनपत्र पठाएका छन्...
बाजा बजाएर आम्दानी गर्दै तेल्घाका महिला
बाजा बजाएर आम्दानी गर्दै तेल्घाका महिला महिलाले बाजा बजाएर आम्दानी गर्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर तानसेनका महिलाहरुले बाजा बजाएरै मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको तानसेन नगरपालिका– १० तेल्घाका महिलाहरुले बाजा बजाएर लाखौं कमाउने गरेका हुन् ।
कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ मा
कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ मा राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते सञ्चालन गर्ने भएको छ ।  बोर्डले ‘नन्ग्रेड’ पाएका विद्यार्थीका लागि पूरक अर्थात् मौका परीक्षा सञ्चालन गर्ने भएको हो । दुई विषयमा ‘नन्ग्रेड’ पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था...
पाल्पामा अडानले मनायो २० औं स्थापना दिवस
पाल्पामा अडानले मनायो २० औं स्थापना दिवस लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पा शाखाले २० औं स्थापना दिवस मनाएको छ । अडानले मंगलबार तानसेनमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
जीवनको उत्तरार्द्धमा एक्लिँदै वृद्धवृद्धा
जीवनको उत्तरार्द्धमा एक्लिँदै वृद्धवृद्धा  जिल्लाको तिनाउ गाउँपालिका कचलका मनबहादुर बगालेका एक छोरी र तीन छोरा थिए । छोरीको बिहे भइसकेको छ । बाँकी तीन छोरा पनि उनका साथमा छैनन् । कोही वैदेशिक रोजगारमा गएका छन्भने कोही सहरमा गएर बसेका छन् । घरमा दुई बूढाबूढी मात्रै छन् । ‘टाठाबाठा जति सहरतिर लागेका छन् । म...
स्वास्थ्यमन्त्री सारुको एक वर्ष : स्वास्थ्य क्षेत्रमा सुधारको आशा
स्वास्थ्यमन्त्री सारुको एक वर्ष : स्वास्थ्य क्षेत्रमा सुधारको आशा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुको एकवर्षे कार्यकालमा केही सुधारका आशा देखिएका छन् । १८ साउन २०८१ मा मन्त्री नियुक्ति भएका सारुले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरे ।
विपद्मा उद्धारका लागि सशस्त्रको वेश क्याम्प
विपद्मा उद्धारका लागि सशस्त्रको वेश क्याम्प विपद्को समयमा उद्धारका लागि गुल्मीको चन्द्रकोटमा सशस्त्र प्रहरीको वेश स्थापना गरिएको छ । वर्षाको समयमा उत्पन्न हुनसक्ने बाढी र पहिरोलाई लक्षित गरी तत्काल उद्धार गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिका–८ मजुवामा वेश स्थापना गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निर्देशनमा सशस्त्र प्रहरी बल ३७ नं...
पहिरोले स्वास्थ्यचौकीमा क्षति
पहिरोले स्वास्थ्यचौकीमा क्षति गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो । 
मोटरसाइकल मर्मत गर्ने प्राविधिकलाई सम्मान
मोटरसाइकल मर्मत गर्ने प्राविधिकलाई सम्मान तानसेनमा मोटरसाइकल मर्मत गर्ने प्राविधिकहरुलाई सम्मान गरिएको छ । त्रिपुत्र इण्टरनेशनलद्वारा सञ्चालित होण्डा स्वरुम तानसेन पाल्पाले जिल्लाका विभिन्न ठाउँमा रहेका ग्यारेजमा काम गर्दै आएका ४० जना प्राविधिकलाई एक कार्यक्रमका बिच सम्मान गरेको  हो ।
नेपाल बाल संगठन पाल्पाको सभापतिमा पुनः अर्याल
नेपाल बाल संगठन पाल्पाको सभापतिमा पुनः अर्याल नेपाल  बाल संगठन पाल्पाको सभापतिमा सोमनाथ अर्याल पुनः निर्विरोध निर्वाचित भएका छन् । संगठनको तानसेनमा भएको १३ औं जिल्लाले अर्याललाई पुनः अध्यक्षमा चयन गरेको हो ।
Weather Update