Shittalpati
आज प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस 

पाल्पा,आज प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने मातृ भाषा संरक्षण र जातीय उत्थान गर्ने उद्देश्यले सातै प्रदेश सरकारले यो दिवस मनाउने गर्दछन् । जातीय पहिचानको रुपमा रहेको मातृभाषाको संरक्षण गर्ने उद्देश्यले भाषा आयोगले पाँच वर्ष अघि नै सातै प्रदेशमा बहुसंख्यक जनताले बोल्ने दुई÷दुई भाषालाई प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा सिफारिस गरेको थियो । भाषा र संस्कृति जातीय पहिचान हुन् । सरकारी तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ४ प्रतिशत अर्थात् करिब १३ लाख नेवार समुदायको जनसंख्या छ । त्यस्तै तामाङ समुदायको जनसंख्या करिब ६ प्रतिशत अर्थात् १६ लाख छ । तर यी समुदायको मातृभाषा बोल्नेको संख्या कम हुँदै गएको छ । नेवार समुदायका ५० प्रतिशतले नेपाल भाषा नै बोल्न छाडेका छन् भने तामाङ समुदायमा त झन् धेरैले आफ्नो मातृभाषा बुझ्नसमेत छाडेका छन् । नेवार र तामाङ समुदायको सबैभन्दा बढी जनसंख्या भएको बागमती प्रदेशले नेपाल र तामाङ भाषाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष दिवसका दिन सार्वजनिक विदा समेत दिदैं आएको छ । भाषा आयोगको सिफारिसअनुसार भाषासम्बन्धी कानुन निर्माण गरी कार्यान्वयनमा आएसँगै अबदेखि प्रदेश सरकार मातहतका सरकारी कार्यालयमा नेपाली भाषा जस्तै मातृभाषाबाट निवेदन, प्रमाण, कागजातलगायत दस्ताबेजको अभिलेखीकरण र कामकाज गर्न पाइनेछ । मातृभाषालाई सरकारी कामकाजको रुपमा लागु भएको खुसीयालीमा नेवार र तामाङ समुदायले काठमाडौं विशेष कार्यक्रम नै गरी उत्सव मनाएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update