Shittalpati
पाल्पामा दुई फरार प्रतिवादी पक्राउ

पाल्पा,पाल्पा प्रहरीले फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको फैसला कार्यान्वयन अभियान अन्तर्गत अदालतबाट सजाय घोषित भइ फरार रहेका एक जना र कुटपिट कसुरका एक गरी दुई प्रतिवादी पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार पक्राउ पर्नेमा तानसेन नगरपलिका– १० की ४३  वर्षीया बिना सार्की र रैनादेवी छहरा गाउँपालिका–१ का ६४ वर्षीय थानेश्वर कंडेल रहेका छन् ।उनीहरु मध्ये सार्कीलाई जारी कसुर मुद्दामा एक महिना कैद र एक हजार जरिवाना तोकिएको थियो । कुटपिट कसुर मुद्दाका कंडेललाई पाँच महिना कैद हुने फैसला अदालतले गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको हो । जारी कसुर मुद्दाकी बिनालाई काठमाडौंको चन्द्रागिरी नगरपालिका– ८ बाट र कुटपिट मुद्दाका थानेश्वरलाई भक्तपुरको सूर्यविनायक नगरपालिका –६ बाट पक्राउ  गरिएको प्रहरी निरीक्षक धमलाले जानकारी दिए । विनाको मुद्दाका अदालतले २०७१ कार्तिक २५ गते र थानेश्वरको मुद्दामा २०८१ भदौ १७ गते फैसला गरेको थियो  । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारवाहीलाई पूर्णता दिई सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितता कायम गर्न फरार प्रतिवादीलाई पक्राउ गरि कैद भुक्तान तथा जरिवाना असुल उपरको लागि विहीबार जिल्ला अदालत पठाईएको निमित्त सूचना अधिकारी समेत रहेका धमलाले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update