रविलाई कारागारबाट निकालियो
मंगलबार, भदौ २४, २०८२
कुटिए देउवा दम्पती
मंगलबार, भदौ २४, २०८२
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
राप्रपाका सांसदले पनि दिए राजीनामा
मंगलबार, भदौ २४, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल
मंगलबार, भदौ २४, २०८२
सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गरेका छन् ।
धमाधम राजीनामा दिदै मन्त्रीहरु
मंगलबार, भदौ २४, २०८२
सोमबार भएको जेन–जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमीमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।
रास्वपा सांसदहरूले दिए सामूहिकरुपमा राजीनामा
मंगलबार, भदौ २४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले समूहिक राजीनामाको घोषणा गरेका छन् । वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न नसकेको भन्दै प्रतिनिधिसभामा रहेका २० जना सांसदले राजीनामा दिने घोषणा गरेका हुन् ।
खानेपानीमन्त्रीद्वारा राजीनामा
मंगलबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गरेका छन् । रासससँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिए ।
कृषिमन्त्री अधिकारीद्वारा राजीनामा
मंगलबार, भदौ २४, २०८२
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
रुपन्देहीमा निषेधाज्ञा जारी
मंगलबार, भदौ २४, २०८२
रुपन्देही जिल्ला प्रशासन कार्यालयलले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
आज बीपी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
मंगलबार, भदौ २४, २०८२
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपाली काँग्रेस, पार्टीका भातृृ संस्था÷शुभेच्छुक संस्थाहरुले कोइरालाको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउन लागेका हुन् ।
सुरू भयो सोह्रश्राद्ध
मंगलबार, भदौ २४, २०८२
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष सोमबारदेखि सुरू भएको छ । सोह्रश्राद्धमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको...
जेन–जीको प्रदर्शन : प्रहरीको गोली लागेर १३ जनाको मृत्यु
सोमबार, भदौ २३, २०८२
जेन–जीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको हो ।
चल्न थाल्यो फेसबुक
सोमबार, भदौ २३, २०८२
सरकारले बन्द गरेको सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको प्रयोगकर्ताले बताएका छन् ।


