धुर्कोट बालश्रममुक्त पालिका घोषणा
बिहीबार, असार १९, २०८२

बुटवल–नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड
बुधबार, असार १८, २०८२
प्रतिनिधिसभाका सांसदहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा तत्काल सडक विस्तार गरी आवागमन सहज बनाउनुपर्नेमा जोड दिएका छन् । पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूले नवलपासिस्थित दाउन्ने सडक विस्तार गरिरहँदा पहिरो, बाढी र जामका कारण यात्रुलाई सास्ती भएको भन्दै विस्तारकार्य यथाशीघ्र सम्पन्न गर्र्नुपर्नेमा जोड दिएको हो ।

फलामे खोरमा जीवनका खुसी खोज्दै ११ वर्षे बालक
बुधबार, असार १८, २०८२
सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा छन्, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहेका छन् ।

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने छ
बुधबार, असार १८, २०८२
यहाँस्थित सुपादेउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

बगनासकाली गाउँ सरकारको मध्यकालीन खर्च संरचना तयार
बुधबार, असार १८, २०८२
जिल्लाको बगनासकाली गाउँपालिकाले मध्यकालीन खर्च संरचना (एमटिइएफ) तयार पारेको छ । पालिकाले आगामी तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपणसहित यस्तो संरचना तयार पारेको हो ।

आज खेलकुद पत्रकार दिवस मनाइँदै
बुधबार, असार १८, २०८२
आज विश्व खेलकूद पत्रकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आज विशेष दिन हो ।

आगलागी पीडितलाई बस्याल दाजुभाइको सहयोग
मंगलबार, असार १७, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका –९, पराजुलीटोलस्थित देउराली डाँडाका आगलागी पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य कृष्णप्रसाद बस्याल र उनका भाइ नेपाली काँग्रेस बगनासकाली –९ का वडा सभापति चिन्तामणी बस्यालले आगलागी पीडित सीता पराजुलीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।

झोलुङ्गे पुलले छोटियो यात्रा
मंगलबार, असार १७, २०८२
वर्षौंदेखि खोलामा पुल नहुँदा स्थानीयले पाँच मिनेटको दूरीमा पुग्न पनि घण्टौँ समय खर्चिनु पर्दथ्यो। वारिपारि गर्नु परेमा वर्षाको समयमा जोखिम मोलेर खोला तर्नु पथ्र्यो । तर, अहिले भने पाँच मिनेटको दूरीमा सहजैसँग स्थानीय वारिपारि गर्दै आएका छन् ।

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
मंगलबार, असार १७, २०८२
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पाल्पामा एसइई नतिजाको उत्साह
मंगलबार, असार १७, २०८२
यस वर्षको एसइई परीक्षाको नतिजा प्रकाशन भएसँगै राम्रो नतिजा लिएका विद्यार्थी र विद्यालयहरु उत्साहित भएका छन् । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालयहरुले र्यालीसहित उत्साह मनाइरहेका छन् ।

पाल्पा जेसिजद्वारा विद्यालयमा मनोविमर्श
सोमबार, असार १६, २०८२
पाल्पा जेसिजले जिल्लाको एक सामुदायिक विद्यालयमा मनोविमर्श कार्यक्रम गरेको छ । उसले “मन स्वस्थ रहे जीवन स्वस्थ रहन्छ” भन्ने नारालाई आत्मसाथ गर्दै जिल्लाको माथागढी गाउँपालिका–१, बुढीकोटस्थित आदर्श आधारभूत विद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमूखिकरण कार्यक्रम गरेको हो ।

देववाणीले निकाल्यो एसइई नतिजाको खुसीयालीमा र्याली
सोमबार, असार १६, २०८२
तानसेनस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयले एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै उत्साजनक र्याली निकालेको छ । र्यालीमा विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकहरुले एक आपसमा खुसी साटसाट गर्नुको साथै पञ्चेबाजा बजाउदै नाचगान सहित तानसेन नगर परिक्रमा गरेका थिए ।

एसइईमा उत्कृष्ट नतिजा ल्याएको होराइजनले मनायो खुसीयाली
सोमबार, असार १६, २०८२
जिल्लामा संस्थागत विद्यालयको रुपमा रहेको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार यस वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।