रामपुरमा धुमधामका साथ रामसीता विवाह उत्सव मनाउँदै
सोमबार, मंसिर ८, २०८२
नगरपालिकाभित्रकै विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी
शुक्रबार, मंसिर ५, २०८२
दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् ।
रैनादेवी छहराको गोखुङ्गामा दुई दिने न्वागी महोत्सव हुँदै
शुक्रबार, मंसिर ५, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिका – ३ भुवनपोखरीको गोखुङ्गास्थित रैनादेवी मन्दिर परिसरमा यही मंसिर ७ र ८ गते न्वागी मेला हुँदैछ । यस बर्ष कार्तिक २७ गते देवीको लागि मुठी लिइसकेको र मंसिर ७ गते ९ ः३० बजे भित्र पूर्व फर्केर रैनादेवीलाई नयाँ धानको अक्षेता चढाउने कार्यक्रम रहेको छ ।
‘हाइब्रिड’ले निम्तिदै छ सङ्कट
शुक्रबार, मंसिर ५, २०८२
इस्मा गाउँपालिका–६ स्थित घिमिरे कृषि तथा पशुपक्षी फर्मले गतवर्ष पाँच टन अरूण–२ जातको मकैको बीउ उत्पादन गर्यो। किसानले भारतीय उन्नत जातको ९हाइब्रिड० बीउ रोप्न थालेपछि २५ क्वीन्टल बीउ बिकेन। बीउ बिक्री गरी मनग्गे कमाउने सोचेका फर्म सञ्चालक कृष्ण घिमिरे अब बीउ उत्पादन गर्ने कि नगर्ने भन्ने दोधारमा छन्।
आज विश्व टेलिभिजन दिवस मनाइँदै
शुक्रबार, मंसिर ५, २०८२
आज ‘विश्व टेलिभिजन दिवस’ नेपालसहित विश्वभर मनाइँंदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो ।
बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण
बिहीबार, मंसिर ४, २०८२
म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ ।
जेनजी प्रदर्शनका क्रममा आगजनी गर्नेलाई मुद्दा दर्ता
बिहीबार, मंसिर ४, २०८२
जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीहरु रुपन्देहीमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपश्चात् फरार कैदीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो
बिहीबार, मंसिर ४, २०८२
स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् ।
आज विश्व बाल दिवस मनाइँदै
बिहीबार, मंसिर ४, २०८२
नेपालसहित विश्वभर विविध कार्यक्रम गरी आज विश्व बाल दिवस मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आÞवानमा सन् १९५४ देखि हरेक वर्ष नोभेम्बर २० का दिन बालबालिकाको पक्षमा अन्तर्राष्ट्रिय एकता, सचेतना तथा हितको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो ।
विश्व दर्शनशास्त्र दिवस मनाइँदै
बिहीबार, मंसिर ४, २०८२
आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दर्शनशास्त्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा रहेको प्रतिबद्धता नवीकरण गर्न, हरेक वर्ष नोभेम्बर महिनाको तेश्रो बिहिवार यो दिवस मनाइन्छ ।
सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप हुँदा कफ्र्यु
बुधबार, मंसिर ३, २०८२
सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि कफ्र्यु लगाइएको छ । बुधबार दिउँसो बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कफ्र्यु आदेश जारी गरेका हुन् ।
पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
सोमबार, मंसिर १, २०८२
बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै अदालते उनलाई मृत्यु दण्डको सजाय सुनाएको हो ।


