पाल्पा,आज विश्वभर विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै छ । प्रत्येक वर्ष मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउनु तथा सुर्ती नियन्त्रणका प्रयासलाई सुदृढ बनाउनु हो ।
सन् १९८८ देखि मनाउन थालिएको यो दिवसमा विभिन्न देशहरूमा जनचेतनामूलक कार्यक्रम, र्याली, अन्तक्र्रिया तथा स्वास्थ्य परीक्षण शिविरहरू आयोजना गरिन्छ । नेपालमा पनि सरकारी निकाय, स्वास्थ्य संस्था तथा विभिन्न सामाजिक संघ–संस्थाले सुर्ती सेवनका हानिकारक प्रभावबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने गर्दछन् । नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धूमपान गर्दा आफ्नो स्वास्थ्यमा मात्रै नभइ नजिकमा रहेका अन्य व्यक्तिहरुको स्वास्थ्यमा पनि उत्तिकै असर पुग्छ ।
नेपालले सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र संकेत चिन्ह अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी सार्वजनिक स्थलमा धूमपान निषेध गरिएको छ र सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन तथा प्रायोजन निषेध गरिएको उनले जानकारी दिए । सुर्तीजन्य पदार्थको नयाँ सेवनकर्ताहरुको दरमा कमी ल्याउन र अमलीहरुको लत छुटाउन विभिन्न लक्षित कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँच योग्य बनाउने, सुर्तीजन्य पदार्थमा कर बढाउने र उक्त संकलित राजस्वबाट आर्थिक रुपमा विपन्न बिरामीहरुको उपचारमा खर्च गर्ने जस्ता थप कार्यहरु प्रभावकारी ढंगले अगाडि बढाउन आश्यक रहेको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्य हुने गरेको सरकारी तथ्यांक छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गरेको छ भने १० जनामध्ये एक जना वृद्धको अकालमा चुरोट सेवनका कारणले मृत्यु हुने गर्दछ ।


