सरोकारवाला भन्छन् ‘गण्डकी सभ्यता बचाउन डाइभर्सन खारेज गर्नैपर्छ’
सोमबार, जेठ २६, २०८२

रुपन्देही र पाल्पाका पालिकाकाबीच असल अभ्यासको थालनी
सोमबार, जेठ २६, २०८२
बुटवल उपमहानगरपालिकासँग सिमाना जोडिएका रुपन्देही र पाल्पाका छ वटा स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका हुन् ।

तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
आइतबार, जेठ २५, २०८२
तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।

‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ दुवाललाई
आइतबार, जेठ २५, २०८२
बरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले पिता स्व. कमलराज रेग्मीको स्मृतिमा स्थापित ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबिच सो पुरस्कार दुवाललाई प्रदान गरेको हो ।

पाल्पाको छहरामा वृहत ‘साहित्य संगम’
आइतबार, जेठ २५, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा वृहत ‘साहित्य संगम’ कार्यक्रम भएको छ । भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाको आयोजनामा ‘साहित्य संगम’ कार्यक्रम भएको हो ।

बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
शनिबार, जेठ २४, २०८२
झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैँ कखरा सिक्दै छन् ।

आज घरघरमा तुलसीको दल राखिंदै
शनिबार, जेठ २४, २०८२
वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।

नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले मनायो ३५ औं स्थापना दिवस
शुक्रबार, जेठ २३, २०८२
नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले ३५ औं स्थापना दिवस मनाएको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या
शुक्रबार, जेठ २३, २०८२
पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् ।

गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी
शुक्रबार, जेठ २३, २०८२
तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ ।

पाल्पा प्यारागनका विद्यार्थी र ग्रीन फर गुडद्वारा श्रीनगरमा सरसफाई
बिहीबार, जेठ २२, २०८२
पाल्पा प्यारागन बोडिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थीहरूले ऐतिहासिक पर्यटकीयस्थल श्रीनगर डाँडामा सरसफाई गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा विहीबार स्कुलमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लव, ग्रीन फर गुड नेपाल र नेश्नल सस्टेनेवल टुरिजम क्लवमा आवद्ध विद्यार्थीले श्रीनगर डाँडामा रहेको हनुमान परिषरमा सरसफाइ गरेका हुन् ।

कुटपिटबाट घाइते किशोरको मृत्यु
बिहीबार, जेठ २२, २०८२
तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।

आज विश्व वातावरण दिवस मनाइँदै
बिहीबार, जेठ २२, २०८२
आज नेपालमा पनि विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आÞवानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।