Shittalpati
एसइई पूरकको नतिजा दुई साताभि प्रकाशन गरिने

पाल्पा, राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । अघि, एसइइर् ( २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयले आगामी असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गर्ने गरी तयारी गरेको छ । आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । एसइईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याड्ढ प्राप्त भइसकेको छैनन् । ‘ग्रेड सि’ भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन् । बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुनेछन् । सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ । चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा दुई लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update