Shittalpati
लायन्स पदाधिकारीहरुलाई पाल्पामा प्रशिक्षण

पाल्पा, सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ डि ले लायन्स पदाधिकारीहरुको लागि पाल्पामा प्रशिक्षण सञ्चालन गरेको छ । वर्ष २०२६/२०२७ का लागि निर्वाचित डिष्ट्रिक गर्भनर लायन योगराज कंडेल शर्माले मनोनित गरेका पदाधिकारीहरुका लागि  पाल्पाको तानसेनमा दुई दिने प्रशिक्षण सञ्चालन गरिएको हो ।  

 पाल्पा पर्यटकीय क्षेत्र भएकाले त्यसको विकास र विस्तारमा टेवा पुुगोस् भन्ने उद्देश्यले लायन्स पदाधिकारीहरुको प्रशिक्षण तानसेनमा राखिएको निर्वाचित डिष्ट्रिक गर्भनर लायन शर्माले  जानकारी दिए । उनले भने “शुन्दर नगरी तानसेनमा स्थानीय उत्पादन, कला र संस्कृतिको प्रवद्र्धन, स्थानीय व्यापार, व्यवसाय, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धन, धार्मिक, साँस्कृतिक र प्राकृतिक क्षेत्रको सम्भावनाको खोजी गर्नको लागि पनि प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएका छौं ।” प्रशिक्षणको शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले लायन्सले सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए ।  उनले तानसेनलाई  नै छनोट गरेर कार्यक्रम गरेकोमा लायन्सलाई  धन्यवाद दिए । नगर प्रमुख श्रेष्ठले  लायन्स सदस्यहरुको ठूलो संख्याको उपस्थितिले तानसेनको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले तानसेनको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वका बारेमा समेत जानकारी गराए ।  कार्यक्रममा  किनोट स्पिकरका रुपमा शैक्षिक व्यक्तित्व बुद्धि प्रसाद शर्मा रहेका थिए । उनले लायन्सको इतिहास, विगत र वर्तमानका बारेमा उल्लेख गरेका थिए ।  शर्माको व्यक्तित्व र परिचय  जिएलटी डिष्ट्रिक कोअर्डिनेटर लायन राजेन्द्र दुलालले  गराएका थिए ।

कार्यक्रममा जिल्ला अदालत पाल्पाका जिल्ला न्यायधिस हरिप्रसाद पंगेनी शर्मा, जिएटी एरिया लिडर लायन शम्भु प्रसाद घिमिरे, ३२५ पी का डिष्ट्रिक  गर्भनर  लायन बालाराम भट्टराई, मल्टिपल डिष्ट्रिक हङ्गर कोअर्डिनेटर लायन विश्वराम गोर्खाली, प्रथम  भाईस डिष्ट्रिक गर्भनर  इलेक्ट  धर्म शरण श्रेष्ठ लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।   कार्यक्रममा  देशका विभिन्न  ठाउँबाट १ सय २७ जना  लायनहरुको उपस्थिती रहेको  डिष्ट्रिक ३२५ पीका कोचिफ एडभाइजर  लायन राजेन्द्र लिगलले बताए ।   उनका अनुसार क्लब कसरी सञ्चालन गर्ने, भावी आफ्ना कार्यक्रम र सामाजिक उत्तर दायित्व बहन गर्नका लागि खेल्नु पर्ने भूमिकाका बारेमा प्रशिक्षण  दिइएको छ । निर्वाचित डिष्ट्रिक गर्भनर लायन योगराज कंडेल शर्माले आफ्ना भावी योजनाका बारेमा जानकारी गराएका थिए ।  उनको नेतृत्वमा प्रथम  भाईस डिष्ट्रिक गर्भनरका रुपमा  धर्म शरण श्रेष्ठ,  द्धितीय भाईस डिष्ट्रिक गर्भनरका रुपमा  धनप्रसाद लामिछाने, क्याविनेट सेक्रेटरी  पाण्डव गुरुङ, क्याविनेट कोषाध्यक्षमा रत्नबहादुर श्रेष्ठ, कार्यक्रम संयोजकमा जिएलटी  राजेन्द्र दुलाल  रहेका छन् । प्रशिक्षण उद्घाटन कार्यक्रम डिष्ट्रिक  गर्भनर  लायन महेश आचार्यको अध्यक्षता, क्याविनेट सेक्रेटरी बच्चु राम शर्मा कुइकेलको सञ्चालनमा भएको थियो । प्रशिक्षण शनिबारसम्म चल्ने छ ।  

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update