Shittalpati
कालीका लघु वित्तको  वित्तीय साक्षरता कार्यक्रम

पाल्पा,ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म साना उद्यमी किसानहरुका बिचमा वित्तिय पहुँच पु¥याएको कालीका  लघु वित्तीय संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । उसले आफना शेयर सदस्यलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल वित्तिय, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत वित्तीय अवधारणालगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य एक दिवसिय केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम गरेको हो । तानसेन नगरपालिका –९ दकमडामा रहेको संस्थाले आफनो सेवा विस्तार भएका क्षेत्रका सेवाग्राही , संस्थामा कार्यरत कर्मचारीलाई साक्षरतासँगै प्रशिक्षण दिइएको स्थानीय पत्रकार प्रकाश नेपालले जानकारी दिए ।  कार्यक्रमको तानसेन नगरपालिका –९ का वडा अध्यक्ष राजेश कुमार अर्यालले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले अहिलेको अवस्थामा वित्तीय साक्षरता कार्यक्रम आवश्यक रहेको बताए । अध्यक्ष अर्यालले आर्थिक विकासमा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने “ देशको अर्थतन्त्रको ठूलो हिसां बैंक तथा वित्तीय क्षेत्रले ओगटेको छ । यसको विकास विना आर्थिक समृद्धि सम्भव छैन ।”

कार्यक्रममा बिशिष्ट अतिथि वामीटक्सार अनुगमन अधिकारी अनिल केसी, सराइका इलाका प्रहरी प्रमुख, ,खसौली शाखाका शाखा प्रमुख, आयभन्ज्याङ शाखाका शाखा प्रमुख,शाखाका सम्पुर्ण कर्मचारी साथै  विभिन्न केन्द्रका केन्द्र प्रमुख  तथा उपप्रमुख  गरी करिब ९० जनाको सहभागीता रहेको थियो । बैंक  तथा वित्तीय संस्था भन्दा टाढा रहेका व्यापारी, किसान उद्यमीलाई वित्तीय सुविधा प्रदान गरेको संस्थाले तिनाउ, माथागढी बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकालाई कार्य क्षेत्र बनाउँदै विना धितो ७ लाख र धितो राखेर १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गरेको सस्थाको प्रमुख मैना थापाले बताइन् । साना व्यापारी तथा व्यवसायी किसानले मेहनतबाट आर्जित रकमलाई कसरी परिचालन गर्ने र कसरी बचत गरी सुनौलो भविष्यको परिकल्पना गर्ने भन्ने विषयमा प्रशिक्षित गरिएको उनले बताइन् । आगामी दिनमा पनि वित्तीय कार्यक्रमलाई निरन्तरता दिर्दै जाने प्रमुख थापाको भनाई छ । पछिल्लो समय वित्तीय संस्थाहरुमा आर्थिक अपचलनका घटनाहरु बढ्दै गएकाले शेयर सदस्यहरुमा वित्तीय साक्षरताको आवश्यकता बढेको हो । बैँक तथा वित्तीय संस्थाबाट वित्तीय सेवा लिँदा नागरिकको हैसियतले उनीहरूले पाउने न्यूनतम अधिकार सुनिश्चित हुन जरुरी छ । वित्तीय संस्थाबाट पाउने सेवाका बारे सुसूचित हुनु, सेवाको छनोटको अवसर प्राप्त हुनु, सेवाग्राहीलाई वित्तीय संस्थाबाट शोषण हुनबाट जोगाउनु, ग्राहकमैत्री व्यवहार, वित्तीय संस्थाले प्रवाह गर्ने सेवा र त्यसमा लाग्ने ब्याज वा शुल्क निर्धारण हुने विधि, पारदर्शिता खुला हुनु, वित्तीय साक्षरता प्राप्त गर्नुलगायतका विषय ग्राहक संरक्षणको दायरामा पर्छन् । सोही कुरालाई कालीका लघु वित्तीय संस्थाले आत्मसाथ गरेको पाइन्छ ।  कार्यक्रममा उत्कृष्ट केन्द्र प्रमुख, बचतकर्ता,  ऋणी र उत्कृष्ट  १० ओटा केन्द्रलाई  पुरस्कार तथा सम्मान गरिएको थियो । केन्द्र नं ०४ कि केन्द्र प्रमुख बिनिता लुइँटेलको अध्यक्षता, ईश्वरी गिरि भारतीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update