Shittalpati
वालिङमा अनलाइनबाटै घर नक्सा पास
वालिङमा अनलाइनबाटै घर नक्सा पास स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ ।
योजनाहरुको विषयमा छलफल
योजनाहरुको विषयमा छलफल जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षबिच सोमबार नगरपालिकामा छलफल भएको हो ।
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस मानव अधिकार तथा शान्ति समाज पाल्पाले एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । समाजले सोमबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएको हो ।
रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु
रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ छचुवामा काफलको रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । घर नजिकैको जंगलमा काफल टिप्न गएका छचुवाका १८ वर्षीय सूर्य कुमाल रुखबाट लडेर घाइते भएका थिए ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार
महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार तरकारी खेतीमा आवद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन् ।
पाठ्यपुस्तक छपाइ सम्पन्न
पाठ्यपुस्तक छपाइ सम्पन्न नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान हुँदै
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान हुँदै रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले शुक्रबार रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो ।
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुुईको मृत्यु
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुुईको मृत्यु गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका र सत्यवती गाउँपालिकामा भएका छुुट्टाछट्टै घटनामा दुई जनाको मृत्यु भएको हो । यहाँको इस्मा गाउँपालिका–२ सामाचौरमा कुलोमा डुवेको अवस्थामा एक महिलाको शव फेला परेको छ । सोही ठाउँकी ३७ वर्षीया माया खत्री सामचौर–सेराको कुलोमा डुबेको अवस्थामा मृत...
कैलाशनगर मिडियाद्वारा भित्तेपात्रो सार्वजनिक
कैलाशनगर मिडियाद्वारा भित्तेपात्रो सार्वजनिक कैलाशनगर मिडियाले नयाँ वर्ष २०८० को भित्तेपात्रो सार्वजनिक गरेको छ । बिहीबार तानसेनको भगवतीटोलमा रहेको मिडियाको प्रधान कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको भित्रेपात्रो सार्वजनिकसँगै शुुभकामना आदानप्रदान गरिएको हो ।
बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका–७ खहरेखोलाका एक पुुरुषको भिरबाट लडेर मृत्यु भएको छ । विहिबार विहान ३ बजे घरबाट उठेर हिडेका ४० वर्षीय केशवबहादुर बूढाथोकीको घर नजिकैको खहरेखोला भिरबाट लडेर मृत्यु भएको हो ।
Weather Update