रम्भाको कालीगण्डकी किनारमा बेवारिसे शव फेला
आइतबार, असोज ३०, २०७९

तानसेनको नारायणस्थान पोखरीमा डुवेर एक बालकको ज्यान गयो
आइतबार, असोज ३०, २०७९
जिल्लाको तानसेन नगरपालिका –२ नारायणस्थानस्थित पोखरीमा डुवेर एक बालकको ज्यान गएको छ । आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन–६ टुुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ
आइतबार, असोज ३०, २०७९
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका...

अन्धविश्वासले सडकमा पुर्यायो
आइतबार, असोज ३०, २०७९
बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन । देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ ।

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै बगनासकाली
आइतबार, असोज ३०, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । पालिकाले नागरिकहरुको सहजताका लागि वडाबाटै भत्ता दिने व्यवस्था मिलाएको हो । यहाँका नागरिकहरुले नेपाल बैंक लिमिटेडमा खाता खोली सोही बैंक मार्फत भत्ता लिदै आएका थिए । सबै नागरिकको पहुँचमा बैंकि सेवा नपुुग्दा भत्ता लिन असहज भएको अवस्थामा...

आज विश्व खाद्य दिवस मनाइँदै
आइतबार, असोज ३०, २०७९
विभिन्न कार्यक्रम गरी आज ४२ औँ विश्व खाद्य दिवस मनाइँदै छ । हरेक वर्षको १६ अक्टोबरमा यो मनाइने गरिन्छ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाउने गरिएको हो ।

तिनाउमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक युवकको मृत्यु
शनिबार, असोज २९, २०७९
जिल्लाको तिनाउ गाउँपालिका–२ हापुरस्थित तारे जंगलमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर एक जना युवकको ज्यान गएको छ । शुक्रबार साँझ साथीसँगै जंगलमा अरिङ्गाल पोल्न गए हापुरका ३० वर्षीय विष्णु सारुको रुखबाट लडेर ज्यान गएको हो ।

विपदमा परेका व्यक्तिको उद्दारमा सुरक्षाकर्मीद्वारा तानसेनमा पूर्व अभ्यास
शुक्रबार, असोज २८, २०७९
शुक्रबार दिउँसो तानसेन नगरपालिका– ३ तानसेन तम्घास सडक क्षेत्रको अप्पु भिलेज क्षेत्रमा सेना प्रहरीको बाक्लो उपस्थिति रह्यो । उक्त क्षेत्रमा सर्वसाधारण तथा यात्रुहरु के नै भए भनि हेर्न पुग्नेको भिडभाड बढ्यो । मानिसहरुले निकै चाख दिएर सेना प्रहरीले गरेका गतिविधी अवलोकन गरे ।

मन्त्री कार्कीद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण
शुक्रबार, असोज २८, २०७९
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरेका छन् । चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गरेका हुन् ।

मतदाता शिक्षालाई बृहत्तर बनाइने
शुक्रबार, असोज २८, २०७९
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ ।

मोटरसाइकलको ठक्करबाट रामपुरमा पैदलयात्रीको मृत्यु
शुक्रबार, असोज २८, २०७९
जिल्लाको रामपुर नगरपालिका–५, सानीअमराईमास्थित कालिगण्डकी करिडोर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्युभएको छ । विहीबार साँझा रामपुरबाट दामाचौरतर्फ जाँदै गरेको लु ६८ प ९९९४ नम्बरको मोटरसाएकलले ठक्कर दिँदा बेझाँड बजार बस्ने ७० वर्षीया कोपरी दमिनीको मृत्यु भएको हो ।

भोक न निद्रामा पहिरो पीडित
शुक्रबार, असोज २८, २०७९
गत असोजको २२ गते रातको करिब ३ बजेको थियो । ठूलो वेगले एक्कासि ड्याङडु आवाज सुनेपछि बेगबहादुर पल्ली एक्कासि निद्राबाट ब्यूझिए । अँधेरी रात निद्राबाट ब्यूझिएर आँखा मिच्दै दैलो उघार्दै बाहिर निस्कँदा एक्कासी घर अगाडि ठूलो पहिरो खसेको देख्दा उनलाई कताकता सपनामा रहेजस्तो अनुभूति भयो ।

प्रत्यक्षतर्फको मतपत्र छाप्न थालियो
शुक्रबार, असोज २८, २०७९
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका प्रत्यक्ष तर्फको मतपत्र छाप्न थालिएको छ । बिहीबारदेखि मतपत्र छाप्न सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारको मात्र मतपत्रमा चिह्न रहनेछ । आयोगले यस प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४ सय ९५ प्रकारका मतपत्र हुने जनाएको...