राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
बिहीबार, माघ १२, २०७९

डकर्मीको भर, भूकम्प प्रतिरोधी घर
बिहीबार, माघ १२, २०७९
स्याङ्जाको वालिङ नगरपालिकाले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । उक्त नगरपालिकाको आयोजनामा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा नगरभित्रका ४२ डकर्मीलाई घर बनाउन सिकाइएको हो ।

आज श्रीपञ्चमी, देशभर मनाइदैं
बिहीबार, माघ १२, २०७९
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।

गुल्मी नेल्टाको अध्यक्षमा श्रीस
बिहीबार, माघ १२, २०७९
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) गुल्मीको अध्यक्षमा डोर बिक्रम श्रीस सर्वसम्मत विर्वाचित भएका छन् । संघको तम्घासमा भएको पाँचौ अधिवेशनले सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीसलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने
बुधबार, माघ ११, २०७९
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।

रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर
बुधबार, माघ ११, २०७९
जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिका – १३ भँगारी भुवने डाँडामा पिकनिक स्पोर्टसँगै आकर्षक मन्दिर निर्माण गरिएको हो ।

पाईलटमाथि अभद्र व्यवहार गर्नेहरू पक्राउ
मंगलबार, माघ १०, २०७९
प्रभु एयरको हेलिकप्टरका पाईलट तथा क्याप्टेन रानेश डंगोल माथि अभद्र व्यवहार गर्नेहरु पक्राउ परेका छन् । स्याङ्जामा हेलिकप्टर ल्याण्ड गर्न लगाएर कुटपिट तथा अभद्र व्यवहार गर्ने ६ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

सहिद सप्ताह सुरु : पहिलो दिन शास्त्रीको सम्झना गरियो
मंगलबार, माघ १०, २०७९
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मंगलबारदेखि सहिद सप्ताह मनाउन सुरु गरेको छ । माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प
मंगलबार, माघ १०, २०७९
आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए ।

रामपुरमा स्थानीय र प्रदेश सरकारबिच छलफल
मंगलबार, माघ १०, २०७९
स्थानीय सरकार र प्रदेश सरकारबिच सहकार्य गर्नेमा जोड दिइएको छ । रामपुरमा भएको स्थानीय सरकार र लुम्बिनी प्रदेश सरकारबिचको अन्तरक्र्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले विकास र समृद्धिका लागि सहकार्य गर्नेमा जोड दिएका हुन् ।

चिच्याएर बर माग्ने मालिका मन्दिर ओझेलमा
मंगलबार, माघ १०, २०७९
जिल्लाको मालिका मन्दिर यतिबेला प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक एवंं ऐतिहासिक स्थान यस मन्दिरको महत्व थप रोचक छ । गुल्मीको मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घास्थित रहेको यस मन्दिरको रोचक भनेको यहाँ बर माग्दा चिच्याएर माग्नुपर्छ । नेपालको उच्च कोटीमा रहेका धार्मिकस्थल मध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ...

पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने
सोमबार, माघ ९, २०७९
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो ।

विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन
सोमबार, माघ ९, २०७९
राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ ।