Shittalpati
चिच्याएर बर माग्ने मालिका मन्दिर ओझेलमा
चिच्याएर बर माग्ने मालिका मन्दिर ओझेलमा जिल्लाको मालिका मन्दिर यतिबेला प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक एवंं ऐतिहासिक स्थान यस मन्दिरको महत्व थप रोचक छ । गुल्मीको मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घास्थित रहेको यस मन्दिरको रोचक भनेको यहाँ बर माग्दा चिच्याएर माग्नुपर्छ । नेपालको उच्च कोटीमा रहेका धार्मिकस्थल मध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ...
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो ।
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ ।
अंग्रेजी माध्यममा पढ्न तीन घण्टा पैदल !
अंग्रेजी माध्यममा पढ्न तीन घण्टा पैदल ! गुल्मीको मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्छन् । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अंगे्रजी माध्यम । कक्षा ७ मा पढ्ने उनी घर अर्खबाङ्गदेखि मालिका–३ ह्वाङ्दीमा पुग्छन् ।
मनाइयो सोनाम ल्होसार
मनाइयो सोनाम ल्होसार आइतबार तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होसार मनाएका छन् । उनीहरुले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी मनाएका हुन् ।
भारतमा दुई नेपालीको अपहरणपछि हत्या
भारतमा दुई नेपालीको अपहरणपछि हत्या धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु भएका १४ जनाको अझै शव पहिचान हुन सकेको छैन् । शव अत्यधिक जलेकाले पहिचान हुन नसकेको हो ।
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु विष सेवनबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका ५ ढुंगानाबेसी का २३ वर्षीय युवराज खाम्चाको विष सेवनबाट मृत्युु भएको हो ।
आज सोनाम ल्होसार मनाइँदै
आज सोनाम ल्होसार मनाइँदै सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।
रामपुरका महिलालाई अगरबत्ती बनाउने तालिम
रामपुरका महिलालाई अगरबत्ती बनाउने तालिम जिल्लाको रामपुर नगरपालिका–६ तिलकपुरमा महिलाहरुका लागि अगरबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । रामपुर सिकाई केन्द्रले यहाँका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने दुई दिने तालिम सञ्चालन गरेको हो ।
रूपन्देही जिल्ला प्रशासन कार्यालयमा ‘टाईम कार्ड’
रूपन्देही जिल्ला प्रशासन कार्यालयमा ‘टाईम कार्ड’ रुपन्देही जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्र्याैल हटाउन उक्त कार्ड लागू गरिएको हो । सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा उक्त कार्ड...
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी जफत
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी जफत काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ...
Weather Update