Shittalpati
कालीगण्डकी नदीमा छोरा बचाउन हाम फाल्दा आमाको मृत्यु

पाल्पा, छोरा बचाउन कालिगण्डकी नदिमा हाम फाल्दा आमाको मृत्युु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका –७ स्थित कालीगण्डकी नदीमा छोरा बचाउन हामफालेकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो ।

शुक्रबार बिहान सेतीवेणी शिलाको दर्शन गर्न गएकी उनको चार वर्षीय छोरा रियान्स कालीगण्डकीमा खसेका थिए । नदिमा खसेकोमा छोरालाई बचाउनको लागि आमा रितुले नदिमा हाम फालेकी थिइन् । आमा, छोरालाई जिबितै उद्धार गरी कालीगण्डकी अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा आमा रितुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए । छोरा रियान्सलाई हुवास मञ्जरिया अस्पताल पर्वतमा उपचार पश्चात थप उपचारको लागि तानसेनस्थित मिसन अस्पताल रिफर गरिएको छ । उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । शिला दर्शनका लागि पर्वतको विहादी गाउँपालिकाबाट उनीहरु त्यहाँ पुगेका थिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update