पाल्पाको रैनादेवी छहरामा एक युवक मृत फेला
बुधबार, चैत २२, २०७९
ऐतिहासिक क्षेत्र बल्ढेङगढीमा सेनाको अध्ययन भ्रमण
मंगलबार, चैत २१, २०७९
पाल्पाको रैनादेवी छहरामा रहेको ऐतिहासिक क्षेत्र बल्ढेङ्गढीमा नेपाली सेनाले अध्ययन भ्रमण गरेको छ । नेपाली सैनिक ब्याटल स्कुल सालझण्डीमा तालिमरत युवक अधिकृत तालिमका ८४ सहित १०५ जनाको समूहले पाल्पाको तानसेनमा अध्ययन भ्रमण गरेको हो ।
देशभरका परियार समुदायका अगुवा पाल्पामा भेला हुँदै
मंगलबार, चैत २१, २०७९
देशभरका परियार समुदायका अगुवाहरु पाल्पामा भेला हुने भएका छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन देशभरका परियार समुदाय पाल्पाको तानसेन आउने भएका हुन् । गुठीको यही चैत २८ र २९ गते हुने महोत्सवमा देशभरबाट झण्डै पाँच सय परियार समुदायका अगुवाहरु तानसेन आउने आयोजकले जनाएको छ ।
छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड
सोमबार, चैत २०, २०७९
सामाजिक कुरीतिका रुपमा रहेको छुुवाछुतलाई व्यवहारबाटै अन्त्य गरिनुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन् । जिल्लाको रामपुरमा आयोजना गरिएको छुवाछूत कुरीति विरुद्धको सचेतनामुलक कार्यक्रममा सहभागीहरुले व्यवहारबाटै छुवाछुत अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
रामपुरमा छुवाछूत कुरीति विरुद्ध सचेतना
आइतबार, चैत १९, २०७९
जिल्लाको रामपुरमा छुवाछूत कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा वडा नं.–४ देविस्थानमा सचेतना कार्यक्रम गरिएको हो ।
घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने
शनिबार, चैत १८, २०७९
पाल्पा दरबार परिषरका घर, टहरा भत्काउनुपूर्व उचित निकास दिनुपर्ने तानसेन संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले शुक्रबार तानसेनमा एक कार्यक्रमको आयोजन गरी तानसेन नगर सरकार र सम्बन्धित निकायले उचित निकास दिनुपर्ने बताएको हो ।
एसईई : पाल्पामा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित
शुक्रबार, चैत १७, २०७९
पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पहिलो दिन ६५ परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार भएको अंग्रेजी विषयमा २४ जना छात्रा र ४१ जना छात्र अनुपस्थित भएका हुन् ।
रामपुरमा कानुन निर्माण प्रक्रिया सम्बन्धी अनुशिक्षण कार्यक्रम
शुक्रबार, चैत १७, २०७९
जिल्लाको रामपुरमा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा सञ्चालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाका बारेमा अनुशिक्षण कार्यक्रम गरिएको हो ।
लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी
शुक्रबार, चैत १७, २०७९
आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन् ।
आजदेखि एसईई परीक्षा, पाल्पाबाट ४ हजार ५ सय ४६ विद्यार्थी सहभागी हुँदै
शुक्रबार, चैत १७, २०७९
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा पाल्पाबाट ४ हजार ५ सय ४६ जना विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ हजार २ सय ५७ र छात्र २ हजार २ सय ८९ रहेका छन् ।...
५० हजार घुससहित पक्राउ
बिहीबार, चैत १६, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो ।
पत्रकारका सदस्यता शुद्धीकरण प्रमुख एजेण्डा
बुधबार, चैत १५, २०७९
नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गर्न लागेकोे राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिएको छ । यही चैत १७ गते लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक सङ्कट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारिने बुधबार बुटवलमा आयोजना गरिएको...
सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे
बुधबार, चैत १५, २०७९
वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन सडक सञ्जाल त परेको कुरा थियो ।


