दसैँमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने
बुधबार, असोज १२, २०७९

पाल्पाको समृद्धिको आधार पर्यटन : मन्त्री राना
बुधबार, असोज १२, २०७९
लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले पाल्पाको समृद्धिको आधार कृषिसँगै पर्यटन क्षेत्र रहेको बताएका छन् । विश्व पर्यटन दिवसका अवसरमा मंगलबार (नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) नाटा पाल्पा च्याप्टरले तानसेनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले पाल्पामा समृद्धिको आधार पर्यटन क्षेत्र रहेको बताएका...

सफलताका कथा संगालो ‘कर्म’ विमोचन
बुधबार, असोज १२, २०७९
कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत सफलताका कथा संगालो ‘कर्म’ को विमोचन गरिएको छ । तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उप प्रमुख प्रतिक्षा सिंजाली, पूूर्व नगर प्रमुख अशोक कुमार शाही, पूूर्व उप प्रमुख लक्ष्मीदेवी पाठक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, हेफर इन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु...

रैनादेवी मन्दिर निर्माणको लागि प्राविधिक नापजाँच
मंगलबार, असोज ११, २०७९
रैनादेवी छहरा गाउँपालिकाले आफ्नो नामाकरण भएको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वको धरोहर रैनादेवी मन्दिर क्षेत्र संरक्षण र संवद्र्धनको लागि काम शुरु गरेको छ । पालिकाको प्राविधिक शाखाले रैनादेवी मन्दिर क्षेत्रको पूर्वाधार निर्माणको लागि मन्दिर क्षेत्र वरीपरी प्राविधिक नापजाँच गरेको छ ।

बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंगलबार, असोज ११, २०७९
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताए ।

गाउँमा पहिलो पटक बिजुली पुगेपछि...
मंगलबार, असोज ११, २०७९
निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत सेवा नपुग्दा उनलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी छन् ...

असईका छोराले जन्मदिनमा गराए असहायलाई भोजन
मंगलबार, असोज ११, २०७९
पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने नेपाल प्रहरीका एक असईका छोराले जन्मदिनमा असहायलाई भोजन गराएका छन् ।

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री खाण
सोमबार, असोज १०, २०७९
गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए ।

बडादसैं सुरु, आज घटस्थापना, १०ः२३ मा शुभ साइत
सोमबार, असोज १०, २०७९
प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घर–घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

‘चिज’ बनाउन सिकाउँदै गल्याङ नगरपालिका
सोमबार, असोज १०, २०७९
स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका किसानलाई चिज बनाउने सीप सिकाएको छ । दूध उत्पादन बढ्दै गएपछि उनीहरूलाई चिज बनाउने सीप प्रदान गरिएको हो । नेपाली बजारमा चिजको माग बढ्दो क्रममा रहेको र मूल्य पनि राम्रो पाइने भएपछि नगरपालिकाको पहलमा ‘फार्मर टु फार्मर’ कार्यक्रम अन्तर्गत अमेरिकी सरकारको प्राविधिक सहयोगमा ‘मोजरेल्ला चिज’ उत्पादन...

आजबाट सकिँदै सोह्रश्राद्ध
आइतबार, असोज ९, २०७९
पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यस वर्षको सोह्रश्राद्ध विसर्जन गरिँदै छ । औँसी तिथि श्राद्ध गरी सोह्रश्राद्ध समापन गर्न लागिएको हो । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ...

नयाँ जीवन पाउँदैछन् हातखुट्टा गुमाएका
आइतबार, असोज ९, २०७९
नवलपरासीपूर्वमा सबल केन्द्र स्थापना भएपछि हातखुट्टा गुमाएकाले नयाँ जीवन पाएका छन् । मध्यविन्दु जिल्ला अस्पताल डण्डा र चौधरी फाउण्डेसले संयुक्तरुपमा सवल केन्द्र स्थापना गरेपछि हात तथा खुट्टा नहुनेहरु खुसी भएका हुन् । अरुको साहाराविना हिँडडुल गर्न समस्या हुनेहरु कृत्रिम हातखुट्टा पाएपछि आत्मनिर्भर हुन थालेका छन् ।

घुमन्ते कामदारका कारण व्यवसायी मारमा
आइतबार, असोज ९, २०७९
भारतीय घुमन्ते कामदारका कारण यहाँका फर्निचर उद्योगी मारमा परेका छन् । छिमेकी मुलुक भारतबाट आएका कामदारले घर –घरमै फर्निचर निर्माणको सेवा दिने गरेकाले स्याङ्जाका फर्निचर तथा फर्निसिङ उद्योगी मारमा परेका हुन् । आफूहरुले उद्योग दर्ता गरी नेपाल सरकारलाई राजस्व बुझाउँदै आएको तर यहाँ विनादर्ताका भारतीय कामदारका कारण उद्योग सञ्चालनमा समस्या...