सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सोमबार, साउन २५, २०८३
तानसेनमा एकदिने लायन्स नेतृत्व विकास कार्यक्रम
सोमबार, साउन २५, २०८३
जिल्लाको तानसेनमा एकदिने लायन्स नेतृत्व विकास कार्यक्रम भएको छ । लायन्स क्लब अफ श्रीनगर, लायन्स क्लब अफ तानसेन सिटी र पाल्पा रानीमहल लायन्स क्लबको संयुक्त आयोजनामा लायन्स क्लबमा आबद्ध सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि, संस्थागत अनुशासन, प्रभावकारी सञ्चार तथा जिम्मेवारी निर्वाह गर्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
अवैध लागूऔषध सहित १६ जना पक्राउ
सोमबार, साउन २५, २०८३
देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँके, पर्सा, काठमाडौं, कञ्चनपुर, धनुषा, सिराहा र कैलालीबाट ब्राउनसुगर, गाँजा तथा खैरो हेरोइन जस्तो देखिने पदार्थसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना
आइतबार, साउन २४, २०८३
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ ।
पाल्पामा सेनकालीन पर्यटकीयस्थलको प्रचारमा पदयात्रा
आइतबार, साउन २४, २०८३
पाल्पामा थुप्रै ऐतिहासिक तथा सेनकालीन पर्यटकीयस्थलहरु रहेका छन् । कयौं पर्यटकीय स्थलहरुको पहिचान हुन सकेको छैन भने पहिचान भएकाहरुको उचित प्रचार–प्रसार हुन सकिरहेको छैन ।
आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै
आइतबार, साउन २४, २०८३
आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
पाल्पामा अवैध मदिरासहित दुई भारतीय नागरिक पक्राउ
शनिबार, साउन २३, २०८३
पाल्पा प्रहरीले ठूलो परिमाणमा अवैध मदिरासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार विशेष सूचनाका आधारमा तिनाउ गाउँपालिका–३, पैठेडाँडा चेकपोष्टमा गरिएको सवारी साधन जाँचका क्रममा भारतको गोरखपुरबाट पोखरातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ३२ एसटी ४२८६ नम्बरको कारबाट अवैध मदिरा फेला परेको हो ।
बाघको आक्रमणबाट १२ वटा बाख्रा मरे
शुक्रबार, साउन २२, २०८३
स्याङ्जामा बाघको आक्रमणबाट १२ वटा बाख्रा मरेका छन् । यहाँको गल्याङ नगरपालिका–५ रुपखानी र कालिगण्डकी गाउँपालिका–७ मिर्मि स्थित क्याम्पसरोडमा बाघको आक्रमणबाट १२ वटा बाख्रा मरेका हुन् ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
बिहीबार, साउन २१, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, कैलाली, रोल्पा, सुर्खेत, मोरङ, पाँचथर, कञ्चनपुर, बाँके, चितवन लगायतका स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ परेका हुन् ।
राष्ट्रिय कृषि नीति, २०८३ जारी
बिहीबार, साउन २१, २०८३
कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ ।
‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’
बुधबार, साउन २०, २०८३
माइतीले दिएको सुन बेचेर धुलिखेलकी सीता बजगाईँ कुवेतमा घरेलु श्रमिकका लागि पुगिन् । घर खर्च जुटाउन सुन बेचेर विदेशिनु उनको बाध्यता थियो । त्यसमा पनि साना नानीहरूलाई कोठा भाडामा राखेर समुन्द्रपारि जानु उनका लागि सजिलो थिएन ।
रामपुरमा सार्वजनिक सुनुवाइ : विकास निर्माणका लागि सहकार्यमा जोड
बुधबार, साउन २०, २०८३
जिल्लाको रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । कार्यक्रममा गत आर्थिक वर्षको प्रगति, बजेट कार्यान्वयन, सेवा प्रवाह तथा नगरवासीका गुनासा र सुझावमाथि छलफल गरिएको थियो ।
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
बुधबार, साउन २०, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्दुलीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका हुन् ।


