Shittalpati
लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार
लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा पनि सेवा विस्तार गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका ६ जिल्लासहित सात स्थानबाट सवारी दर्ता किताव नविकरण र अस्थायी बाटो इजाजत सेवा सञ्चालन गर्ने गरी यातायात सेवा विस्तार गर्ने निर्णय गरेको हो ।
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ ।
मोहन कन्यामा नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान
मोहन कन्यामा नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ मा विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा सम्मान  गरेको छ । विद्यालयले एक औपचारिक कार्यक्रम गरी विद्यार्थीलाई स्वागत तथा सम्मान गरेको हो ।
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ साहुघर निवासी ४५ वर्षीय थम्मनबहादुर कुमालले कुटपिट गर्दा उनकी श्रीमती सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पाल्पामा ‘विपद् तथा राहत वितरण मापदण्ड २०८१’ सम्बन्धी अन्तक्र्रिया
पाल्पामा ‘विपद् तथा राहत वितरण मापदण्ड २०८१’ सम्बन्धी अन्तक्र्रिया जिल्लाको तानसेनमा ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ सम्बन्धी अन्तक्र्रिया तथा छलफल कार्यक्रम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंको आयोजना, जिल्ला प्रशासन कार्यालय पाल्पाको संयोजन र वल्र्ड बैंकको प्राविधिक सहयोगमा सोमबार कार्यक्रम भएको हो ।
आज नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाले प्रभातफेरिसहितका कार्यक्रम गर्दैछन् । आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटि·लको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्स काउन्सिलको आÞवानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
पाल्पामा प्राध्यापकहरूलाई क्षमता विकास तालिम
पाल्पामा प्राध्यापकहरूलाई क्षमता विकास तालिम जिल्लाका प्राध्यापकहरुलाई क्षमता विकास तालिम दिइएको छ । अनुसन्धान ब्यवस्थापन समिति, पाल्पा बहुमुखी क्याम्पस, पाल्पाको आयोजना र विश्वविद्यालय अनुदान आयोग भक्तपुरको सहयोगमा  तालिम दिइएको हो ।
नर्स दिवस र नर्सिङ पेसा
नर्स दिवस र नर्सिङ पेसा अन्तर्राष्ट्रिय नर्स दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष यो दिवस मनाइन्छ ।
हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा फेला परेका ४५ वटा मोटरसाइकल र २० वटा स्कुटर सम्बन्धित सवारीधनीलाई जिम्मा लगाइएको हो ।
जङ्गली च्याउ खाँदा ११ जना बिरामी
जङ्गली च्याउ खाँदा ११ जना बिरामी जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका(२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् । 
वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय
वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइ)को नतिजा प्रकाशनको तयारी थालेको छ ।
एकीकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम
एकीकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम रामपुर नगरपालिका भित्रका शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज तालिम दिन थालिएको  छ । रामपुर नगरपालिकाको आयोजनामा प्राथमिक तहमा अध्यायपन गराउने शिक्षकहरुका लागि तालिम दिइएको हो ।
Weather Update