‘टोपी दिवस’का १३ वर्ष
बिहीबार, पुस १७, २०८२
नक्कली प्रहरी पक्राउ
बुधबार, पुस १६, २०८२
नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलको खानतलासी गरी रकम असुली गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
‘मोफसलको पत्रकारितालाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्छौं’
बुधबार, पुस १६, २०८२
नेपाल र भारतका पत्रकारहरुले मोफसलको पत्रकारितालाई राष्ट्रिय अन्त्र्राष्ट्रिय बहसको केन्द्रमा स्थपित गर्ने प्रतिवद्धता जनाएका छन् । लुम्बिनीमा पुस १२ गतेदेखि भएको समाचार महोत्सव अर्थात् तेस्रो न्युज फेस्टिवलमा सहभागी दुई देशका पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
आज सामाजिक सद्भावको पर्व ‘पुसे पन्ध्र’ , देशभर सार्वजनिक विदा
मंगलबार, पुस १५, २०८२
आज ‘पुसे पन्ध्र’ धुमधामका साथ मनाइँदैछ । सामाजिक सद्भावका रुपमा मनाइने यो पर्व विशेष गरी मगर समुदायसँगै अन्य जातिले मनाउने गर्दछन् ।
गुल्मीमा ३ सय ५५ प्रजातिका चरा
सोमबार, पुस १४, २०८२
गुल्मीमा चराका प्रजातिको संख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो ।
नेपाल संस्कृत विश्वविद्यालयको जमिन अतिक्रमित
आइतबार, पुस १३, २०८२
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गमध्ये ४०८ विघा जग्गामा मोही रहेको पाइएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’
शनिबार, पुस १२, २०८२
बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना हुँदैछ । न्युज फेस्टिबलमा ‘मोफसल’को पत्रकारिता, सङ्घीयतामा पत्रकारिता क्षेत्रको संरचना, आर्थिक विकास र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा पत्रकारिताको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाका विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गरिने भएको छ ।
पुस्तक व्यवसायी महासंघ पाल्पाको अधिवेशन : अध्यक्षमा पुनः पन्थी
शनिबार, पुस १२, २०८२
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाको ८ औं अधिवेशन तथा १६ औं वार्षिक साधारण तानसेनमा भएको छ । महासंघको शनिबार एक औपचारिक कार्यक्रमकाबिच अधिवेशन भएको हो ।
आधुनिकताको कोलाहलमा हराउँदै ‘डफला’बाजा
शनिबार, पुस १२, २०८२
कुनै समय तराई– मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजा अहिले अस्तित्व रक्षाका लागि सङ्घर्षरत छ ।
पाल्पाबाट नेकपाका १० उम्मेदवारको नाम सिफारिस
शनिबार, पुस १२, २०८२
पाल्पाबाट नेपाल कम्युनिष्ट पार्टीका १० जना उम्मेदवार सिफारिस भएका छन् । जिल्ला कार्यसमितिको बैंठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।
अल्ट्रासाउण्डबाट गाई–भैसीको गर्भ परीक्षणले ठूलो नोक्सानीबाट जोगाउँदै
शुक्रबार, पुस ११, २०८२
अल्ट्रासाउण्डबाट गाई– भैसीको गर्भ परीक्षण हुन थालेपछि पशुपालक कृषकहरुको ठूलो आर्थिक क्षति हुनबाट जोगिएको छ । समयमै पशुको गर्भ परीक्षण हुने र समस्या थाहा पाउने भए पछि आर्थिक क्षति हुनबाट जोगिने गरेको हो ।
रैनादेवीको भुवनपोखरीमा सार्वजनिक सुनुवाई
बिहीबार, पुस १०, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले वडा नं. ३ भुवनपोखरीमा वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । जनताका गुनासा तथा सुझाव जनताकै घरदैलोमै पुगेर सुन्ने, जवाफ दिने र अवस्था अनुसार तत्कालै कार्यान्वयन गर्ने, आगामी योजनाको लागी टिपोट गर्ने अभियानका साथ पालिकाले सार्वजनिक कार्यक्रम गरेको हो ।


