आज विश्व फार्मासिस्ट दिवस
शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको चेतावनीपछि पाल्पाका विद्यालय बन्द
बिहीबार, असोज ८, २०८३
जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेपछि जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा
बिहीबार, असोज ८, २०८३
पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको छ ।
भोटेकोशी बाढीपीडितका लागि पाल्पाका स्थानीय तहले एक करोड ७१ लाख सहयोग गर्ने
बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढीबाट प्रभावितका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि यहाँका स्थानीय तहले एक करोड ७१ लाख ३ सय १७ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
बाढीमा बेपत्ता न्यौपानेको कुशको शव बनाएर दाहसंस्कार
बिहीबार, असोज ८, २०८३
रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका बगनासकाली गाउँपालिका–५, दर्लमडाँडाका किशोर न्यौपाने क्षेत्रीको बुधबार कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
बुधबार, असोज ७, २०८३
नेपालमा ९ देखि ११ असोज सम्म भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । उत्तर अन्डमन सागर र आसपासका क्षेत्रमा बनिरहेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर–पश्चिम दिशातिर सर्ने देखिएको र यसले ल्याउनसक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन उनीहरूको आग्रह हुन् ।
डुम्रे सहकारीको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पुनः ठकुरी
बुधबार, असोज ७, २०८३
जिल्लाको तिनाउ गाउँपालिका –६ स्थित डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले साधारण सभा तथा अधिवेशन गरेको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच ३३ औं साधारण सभा तथा १० औं अधिवेशन गरेको हो ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी स्वर्णिमलाई
मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।
भोटेकोशी बाढी : बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार
मंगलबार, असोज ६, २०८३
भदौ १० गते भोटेकोशीमा आएको विनासकारी बाढीमा परेर बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
घडियाल गोहीको प्राकृतिक वासस्थान जोखिममा
सोमबार, असोज ५, २०८३
स्थानीय राप्ती नदीमा छाडिएको दुर्लभ प्रजातिका घडियाल गोहीको संरक्षण तथा प्राकृतिक बासस्थान जोखिममा परेको छ । बाँके राष्ट्रिय निकुञ्जले तीन वर्षदेखि मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने उक्त नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ ।
तानसेनको मध्यकालीन पहिचान खोजिँदै, विश्व सम्पदामा लैजाने तयारी
आइतबार, असोज ४, २०८३
बाइसे–चौबीसे राज्यदेखि मगरात र सेन राज्यसम्मको इतिहास बोकेको पाल्पाको तानसेनलाई मध्यकालीन शहरका रूपमा विश्वसम्पदा सूचीमा समावेश गराउने तयारी अघि बढाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ
आइतबार, असोज ४, २०८३
देशका विभिन्न स्थानबाट लागूऔषध सहित विभिन्न स्पथानबाट ३० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कास्की, महोत्तरी, बारा, सिराहा, ललितपुर, धनुषा, झापा, बझाङ, धनकुटा, कैलाली लगायतका जिल्लाबाट लागूऔषसहित ३० जना पक्राउ परेका हुन् ।
पाल्पा कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई सहयोग
शुक्रबार, असोज २, २०८३
पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि रु ८३ हजार सहयोग उपलब्ध गराएका छन् । कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम सङ्कलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन् ।


