बाढीमा बेपत्ता न्यौपानेको कुशको शव बनाएर दाहसंस्कार
बिहीबार, असोज ८, २०८३
तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
बुधबार, असोज ७, २०८३
नेपालमा ९ देखि ११ असोज सम्म भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । उत्तर अन्डमन सागर र आसपासका क्षेत्रमा बनिरहेको न्यूनचापीय प्रणाली थप बलियो बन्दै उत्तर–पश्चिम दिशातिर सर्ने देखिएको र यसले ल्याउनसक्ने अवस्था गम्भीर हुने भएकाले सतर्क रहन उनीहरूको आग्रह हुन् ।
डुम्रे सहकारीको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पुनः ठकुरी
बुधबार, असोज ७, २०८३
जिल्लाको तिनाउ गाउँपालिका –६ स्थित डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले साधारण सभा तथा अधिवेशन गरेको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच ३३ औं साधारण सभा तथा १० औं अधिवेशन गरेको हो ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी स्वर्णिमलाई
मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।
भोटेकोशी बाढी : बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार
मंगलबार, असोज ६, २०८३
भदौ १० गते भोटेकोशीमा आएको विनासकारी बाढीमा परेर बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
घडियाल गोहीको प्राकृतिक वासस्थान जोखिममा
सोमबार, असोज ५, २०८३
स्थानीय राप्ती नदीमा छाडिएको दुर्लभ प्रजातिका घडियाल गोहीको संरक्षण तथा प्राकृतिक बासस्थान जोखिममा परेको छ । बाँके राष्ट्रिय निकुञ्जले तीन वर्षदेखि मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने उक्त नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ ।
तानसेनको मध्यकालीन पहिचान खोजिँदै, विश्व सम्पदामा लैजाने तयारी
आइतबार, असोज ४, २०८३
बाइसे–चौबीसे राज्यदेखि मगरात र सेन राज्यसम्मको इतिहास बोकेको पाल्पाको तानसेनलाई मध्यकालीन शहरका रूपमा विश्वसम्पदा सूचीमा समावेश गराउने तयारी अघि बढाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३० जना पक्राउ
आइतबार, असोज ४, २०८३
देशका विभिन्न स्थानबाट लागूऔषध सहित विभिन्न स्पथानबाट ३० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कास्की, महोत्तरी, बारा, सिराहा, ललितपुर, धनुषा, झापा, बझाङ, धनकुटा, कैलाली लगायतका जिल्लाबाट लागूऔषसहित ३० जना पक्राउ परेका हुन् ।
पाल्पा कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई सहयोग
शुक्रबार, असोज २, २०८३
पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि रु ८३ हजार सहयोग उपलब्ध गराएका छन् । कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम सङ्कलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन् ।
पाल्पामा दुई करोड लगानीमा पानी उद्योग सञ्चालन
शुक्रबार, असोज २, २०८३
पछिल्लो समय युवा वैदेशिक रोजगारी, शिक्षालगायत कामले गाउँबाहिर जाने क्रम बढिरहेको अवस्थामा यहाँका युवाले भने गाउँमा लगानी गरेर पानी उद्योग सञ्चालन गरेका छन् । जिल्लाको तानसेनका युवाले गाउँमा रु दुई करोड लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका हुन्।
तानसेनमा नयाँ पिउने पानी उद्योग सञ्चालन
शुक्रबार, असोज २, २०८३
पाल्पाको तानसेन नगरपालिका–७, प्रभासमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा आएको छ । तानसेनका स्थानीय व्यवसायी दाजुभाइ रामजी ढुङ्गाना र लक्ष्मण ढुङ्गानाले विश्वकर्मा पूजाको अवसरमा आफ्नो माता नारायणी ढुङ्गाना र स्वर्गीय पिता चिरञ्जीवी ढुङ्गानाको स्मृतिमा उद्योग सञ्चालनमा ल्याएका हुन् ।
जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
शुक्रबार, असोज २, २०८३
भूमि प्रशासन कार्यालय नेपालगञ्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर नष्ट भएका ३१ हजार बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ ।
मापसे गरी सवारी चलाउने पाँच चालक कारवाहीमा
शुक्रबार, असोज २, २०८३
जिल्ला प्रहरी कार्यालय पाल्पाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा तथा मातहतका प्रहरी कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।


