क्वार्टरमा अचेत भेटिएका इन्स्पेक्टरको मृत्यु
गुल्मी, क्वार्टरमा अचेत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर)पर्वतकुमार केसीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयस्थित अधिकृत क्वार्टरमा मंगलबार बिहान अचेत भेटिएका उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी भीमकिरण बोगटीका अनुसार बिहान नौ बजेसम्म पनि नउठेपछि उनको कोठामा हेर्दा अचेत देखिएका थिए । उनी ढोका बन्द गरेर सुतेका थिए । उनलाई अस्पताल लगिएकामा मृत घोषणा गरिएको थियो । मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने एसपी बोगटी बताउँछन् । सुर्खेत स्थित छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उनी २०५५ मा असईबाट नेपाल प्रहरीमा प्रवेश गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३
प्रतिक्रिया दिनुहोस्


