Shittalpati
पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला
पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् ।
आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै
आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै विश्व अटिजम जागरुकता दिवस आज विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ ।
तानसेनमा नेपाल विद्यालय कर्मचारी परिषद्को जिल्ला भेला
तानसेनमा नेपाल विद्यालय कर्मचारी परिषद्को जिल्ला भेला नेपाल विद्यालय कर्मचारी परिषद् पाल्पाको जिल्ला भेला तानसेनमा भएको छ । परिषद्लाई थप प्रभावकारी र सशक्त बनाएर लैजान परिषद्ले भेला आयोजना गरेको हो ।
आज विश्व मूर्ख दिवस मनाइँदै
आज विश्व मूर्ख दिवस मनाइँदै आज अप्रिल १ तारिक अर्थात् ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ । आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउँछन् ।
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ नेपाल प्रहरीले स्रोत नखुलेको नगद रु १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।
पाल्पा जेसिजद्वारा विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी सचेतना
पाल्पा जेसिजद्वारा विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी सचेतना नेपालमा बढिरहेको साइबर सुरक्षाबारे विद्यार्थीहरुलाई सचेतन गराइएको छ । पाल्पा जेसिज वर्ष २०२४ ले तानसेनमा रहेको मिलेनियम सेकेण्डरी स्कुलमा कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरुलाई साइबर सुरक्षाबारे जानकारी गराई सचेतना गराएको हो ।
पाल्पा ख्याहा किशोरी हत्या प्रकरण : हत्या गर्ने छिमेकी किशोर पक्राउ
पाल्पा ख्याहा किशोरी हत्या प्रकरण : हत्या गर्ने छिमेकी किशोर पक्राउ पाल्पाको रिब्दीकोट गाउँपालिका –१ ख्याहाकी १९ वर्षीया पदमा सुनारको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले हत्या गर्ने ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय किशोर (सागर) देवलाल सार्कीलाई पक्राउ गरेको हो ।
रामपुरका सहकारी संस्थालाई तालिम
रामपुरका सहकारी संस्थालाई तालिम जिल्लाको रामपुरमा सञ्चालित सहकारी संस्थाहरुका तालिम दिइएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
८ बर्षदेखि अलपत्र गणेशको मुर्ति व्यवस्थापनमा चासो 
८ बर्षदेखि अलपत्र गणेशको मुर्ति व्यवस्थापनमा चासो  काठमाडौंबाट निर्माण भई तानसेन ल्याएको करीव ८ बर्ष हुँदासम्म पनि गणेशको मुर्ति अलपत्र परेको छ । तानसेन नगरपालिकां– १० तेल्घामा राख्ने भनिएको मुर्ति  लामो समयदेखि अलपत्रपरेपछि  वडा कार्यालय तथा स्थानीयवासीेले त्यसको व्यवस्थापनमा चासो देखाएका छन् । 
तानसेनका  जेष्ठ नागरिकलाई तीर्थयात्रा
तानसेनका जेष्ठ नागरिकलाई तीर्थयात्रा तानसेनका जेष्ठ नागरिकलाई तिर्थयात्रा गराईएको छ । तानसेन नगरपालिका –४  वडा कार्यालयले सिल्खान टोल विकास संस्था –२ को समन्वयमा वडाका जेष्ठ नागरिकलाई  धार्मिक तीर्थयात्रा गराएको हो । 
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
Weather Update