Shittalpati
धमाधम भाग्दै कैदी, समात्दै सेना
धमाधम भाग्दै कैदी, समात्दै सेना जेनजीहरूले गरेको उग्र प्रदर्शनपछि मंगलबारदेखि नै देशका विभिन्न ठाउँका कारागारबाट कैदीहरू भागिरहेका छन् ।ललितपुरको नख्खु कारागार, कैलाली, कास्की, काभ्रे, सिन्धुली, रसुवा, कपिलवस्तु, रुपन्देही, महोत्तरी, तहुँ, पर्सा, मकवानपुर लगायतका जिल्ला कारागारबाट धमाधम कैदीहरू बाहिरिएका हुन् ।
कारागारबाट टोपबहादुर रायमाझी पनि भागे
कारागारबाट टोपबहादुर रायमाझी पनि भागे नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी पनि  भागेका छन् । भद्र बन्दीगृहमा रहेका रायमाझी भागेको बताइएको छ ।
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा मंगलबार रातिदेखि सक्रिय भएको हो ।
देशभर निषेधाज्ञा र कर्फ्यू
देशभर निषेधाज्ञा र कर्फ्यू देशभर निषेधाज्ञा र कफ्र्यू आदेश जारी गरिएको छ । नेपाली सेनाले देशको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा र कफ्र्यू लागू गरेको जनाएको छ ।
आज विश्वआत्महत्या रोकथाम दिवस 
आज विश्वआत्महत्या रोकथाम दिवस  आज विश्व आत्महत्या रोकथामदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १० मा यो दिवस मनाउने गरिन्छ । आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमा रहेको छ ।
तानसेनमा जिल्लास्तरीय स्क्रयाबल च्याम्पियनशिप
तानसेनमा जिल्लास्तरीय स्क्रयाबल च्याम्पियनशिप जिल्लामा पहिलो पटक जिल्लास्तरीय अंग्रेजी शब्द निर्माण खेल स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको तानसेन नगरपालिका– ३ मा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयमा प्रतियोगिता भएको हो । जिल्लाका विभिन्न विद्यालयका ८ जना विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम भएको जनाइएको छ ।
रविलाई कारागारबाट निकालियो
रविलाई कारागारबाट निकालियो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालिएको छ । आन्दोलनरत जेन–जी युवाहरूले लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकालेका हुन ।
कुटिए देउवा दम्पती
कुटिए देउवा दम्पती पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
राप्रपाका सांसदले  पनि दिए राजीनामा
राप्रपाका सांसदले  पनि दिए राजीनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल
आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आमनागरिकसँग अपिल गरेका छन् ।
धमाधम राजीनामा दिदै मन्त्रीहरु
धमाधम राजीनामा दिदै मन्त्रीहरु सोमबार भएको जेन–जी आन्दोलनमा सरकारले चर्को दमन गर्दा १९ जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनको पृष्ठभूमीमा एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।
रास्वपा सांसदहरूले दिए सामूहिकरुपमा राजीनामा
रास्वपा सांसदहरूले दिए सामूहिकरुपमा राजीनामा राष्ट्रिय स्वतन्त्र पार्टीका  सांसदले समूहिक राजीनामाको घोषणा गरेका छन् । वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न नसकेको भन्दै प्रतिनिधिसभामा रहेका २० जना सांसदले राजीनामा दिने घोषणा गरेका हुन् ।
Weather Update