आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
बेथलमा एनसीसी जुनियर डिभिजनको विशेष तालिम सकियो
शुक्रबार, मंसिर १९, २०८२
तानसेनमा रहेको बेथल इङ्लिस बोर्डिङ्ग स्कूलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजनको विशेष तालिम सकिएको छ । ७९ दिनसम्म सञ्चालन भएको एनसीसी ५१ औं ब्याजको सिनियर डिभिजनको स्थान विशेष तालिम सकिएको हो ।
आज उधौली पर्व र योमरी पुन्ही मनाइँदै
बिहीबार, मंसिर १८, २०८२
आज उधौली पर्व र योमरी पुन्ही देशभर मनाइँदै छ । विशेषगरी मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
सातै प्रदेशका चरा संरक्षणकर्मीहरु तानसेनमा
बुधबार, मंसिर १७, २०८२
पाल्पाको तानसेनमा चरा संरक्षण गर्ने उद्देश्य राखेर राष्ट्रिय कार्यशाला गोष्ठी भएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा , खैरेनी सामुदायिक वन रामपुर पाल्पाको आयोजना र नेपाल पंक्षी संरक्षण संघको सहयोगमा चरा संरक्षणका लागि नेपाल पंक्षी संरक्षण सञ्जालको राष्ट्रिय कार्यशाला गोष्ठी भएको हो ।
उद्बुद्ध माविले मनायो ७५ औं वार्षिक उत्सव
बुधबार, मंसिर १७, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिकाको रिङनेरहमा रहेको उद्बुद्ध माध्यमिक विद्यालयले ७५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।
अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएकाहरुलाई सकस
बुधबार, मंसिर १७, २०८२
जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ । अधिकांश पालिकाका कार्यालयमा अपाङ्गमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपाङ्गता भएकाको दुखेसो छ ।
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै
मंगलबार, मंसिर १६, २०८२
आज अन्तर्राष्ट्रिय दासता उनमुलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ ।
विश्व एड्स दिवस, चेतनामुलक कार्यक्रम गरी मनाइँदै
सोमबार, मंसिर १५, २०८२
आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइदैछ । एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने उद्देश्यले प्रत्येक वर्ष डिसेम्बर १ मा विश्वभर एड्स दिवस मनाउने गरिएको छ ।
पाल्पामा पनि मनाइयो ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस
आइतबार, मंसिर १४, २०८२
पाल्पामा पनि ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले अन्तक्र्रिया र पाल्पा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरी दिवस मनाएको हो ।
बझाङमा ४.४ रेक्टरस्केलको भूकम्प
आइतबार, मंसिर १४, २०८२
आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
एमालेको ११ औं महाधिवेशन : पाल्पाबाट १४ प्रतिनिधी निर्वाचित
आइतबार, मंसिर १४, २०८२
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि पाल्पाबाट विभिन्न तहमा १४ जना प्रतिनिधीहरु निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधी छनौटको लागि अन्तिम समय सम्म सहमतिको लागि प्रयास भए पनि दलित प्रतिनिधी बाहेक, खुला, महिला, र युवा प्रतिनिधी छनौटमा निर्वाचन भएको हो ।
गुल्मीदरबारको कार्यालय भवन निर्माण थालियो
शनिबार, मंसिर १३, २०८२
गुल्मीदरबार गाउँपालिका–३ गौंडाकोटको म्यालपोखरीमा रु चार करोड ५० लाखको लागतमा १६ कोठाको दुई तले भवन निर्माण थालिएको छ ।
तानसेन क्याम्पसको ३६ वर्षे यात्रा : शैक्षिक अनुसन्धान केन्द्रको बाटोमा क्याम्पस
शनिबार, मंसिर १३, २०८२
जिल्लाको पहिलो सामुदायिक क्याम्पस तानसेन बहुमुखी क्याम्पस ३६ वर्षको यात्रामा प्रवेश गरेको छ । २०४७ असार १९ गते त्रिभुवन बहुमुखी क्याम्पसको पुरकको रुपमा स्थापना भएको क्याम्पसले ३६ वर्षको यात्रा तय गरेको हो ।

1701758282-1764915864.jpg)
