Shittalpati
तानसेनका शिक्षकहरुलाई क्षयरोग सम्बन्धी सचेतना
तानसेनका शिक्षकहरुलाई क्षयरोग सम्बन्धी सचेतना तानसेनका सामुदायिक विद्यालयका शिक्षकहरुलाई क्षयरोग सम्बन्धी सचेतना एक दिने कार्यक्रम गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।
आज विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस मनाइँदै
आज विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस मनाइँदै आज विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस नेपालमा पनि  विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ज्येष्ठ नागरिकमाथि हुने शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक दुव्र्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले दिवस विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो ।
आज विश्व रक्तदाता दिवस मनाइँदै
आज विश्व रक्तदाता दिवस मनाइँदै आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि...
बालुवामा पुरिएर मजदुरको मृत्यु
बालुवामा पुरिएर मजदुरको मृत्यु एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर मृत्यु भएको  गढवास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 
पाल्पामा ३५४ एचआइभी संक्रमितले औषधि सेवन गर्दै
पाल्पामा ३५४ एचआइभी संक्रमितले औषधि सेवन गर्दै पाल्पामा ३ सय ५४ जना एचआइभी संक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । हालसम्म देखिएका ८ सय ४२ जना संक्रमित मध्ये ३ सय ५४ जनाले नियमित औषधि सेवन गर्दै आएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विभिन्न कारणले एचआइभी संक्रमित भएकाहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालका एआरटी सेन्टरबाट नियमित औषधि...
प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाको कार्यक्रम सार्वजनिक
प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाको कार्यक्रम सार्वजनिक लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लु्म्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग गरी समुदायलाई सचेत गराउँदै शान्ति सुरक्षा, अमन, चयन कायम गर्न तीनदिने कार्यक्रम सार्वजनिक गरेको छ ।
पाल्पामा घरमै पुग्न थाल्यो राहदानी सेवा
पाल्पामा घरमै पुग्न थाल्यो राहदानी सेवा पाल्पामा पहिलोपटक घरदैलोमै पुगेर राहदानी वितरण सुरु गरिएको छ । यससँगै नागरिकले राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्न थालेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालयमार्फत घर–घरमा पुर्‍याउन थालेको हो ।
कर्तव्यनिष्ट असी बुहारी सम्मानित
कर्तव्यनिष्ट असी बुहारी सम्मानित अर्घाखाँचीका सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ असी असल बुहारीलाई सम्मान गरेको छ । पछिल्लो समय वृद्ध बुबाआमाको स्याहारसुसार गर्ने परम्परा कमजोर बन्दै गइरहेका बेला घरमै बसेर सासू–ससुराको सेवा गर्दै आएका बुहारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।
आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै आज विश्वभर विश्व बालश्रम विरुद्धको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । बालबालिकालाई श्रमको शोषणबाट मुक्त गराई उनीहरूको शिक्षा, स्वास्थ्य र समग्र अधिकार सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष जुन १२ मा यो दिवस मनाउने गरिन्छ ।
शनिबार तानसेन खानेपानीको साधारण सभा हुँदै
शनिबार तानसेन खानेपानीको साधारण सभा हुँदै तानसेन खानेपानी उपभोक्ता समितिले शनिबार ११ औं साधारण सभा गर्ने भएको छ ।
रेग्मी व्यावसायिक मौरीपालनमा
रेग्मी व्यावसायिक मौरीपालनमा मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लागेका छन ।  उनि झन्डै १९ वर्ष विदेश बसेका थिए । 
जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’
जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ यहाँको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर रहेको छ ।
Weather Update